जुम्ला : जुम्ला हिमा गाउँपालिकामा माओवादी कार्यकर्ता विच झड्प भएको छ । उक्त झड्पमा एक जना घाईते भएका छन् ।उपाध्यक्षको टिकटको बिषयलाई लिएर स्वतन्त्र उम्मेदवार र पाटीको उम्मेदवार पंक्ष विच झडप भएको प्रहरीले जनाएको छ । नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुईजनाको नाममा टिकट आएपछि दुईपक्षविच झडप भएको हो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र अर्को विनसा रोकायाको नाममा समेत उपाध्यक्षको नाममा पार्टीको टिक आएपछि उनको उम्मेदवारी रोकिएको थियो । रोकायाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी थिइन ।
प्रहरी निरीक्षकका अनुसार सो विषयलाई लिएर दुई पक्ष विच झडप झड्प भएको छ । झड्प हुदा ढुंगा प्रहारबाट हिमा गाउँपालिका ६ निवासी अन्दाजी ४५ बर्षिय छत्र अधिकारी घाईते भएका छन ।
त्यस्तै विनसा रोकायाले आफुलाई पार्टीले निर्णय गरेर पठाए पछि टिकट लिएर लाईनमा बसेको थिए । तर केही व्यक्तिले अर्को टिक लिएर कल्पनाको दर्ता गराएकाले आफु पिडित भएको विनसाले बताईन ।प्रहरीका अनुसार घाईते अधिकारीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ ।कल्पना परियार उपाध्यक्षमा उम्मेदवारी दिएपछि विनसाले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।झड्प भएपनि प्रहरी निरीक्षक भट्ट सहितको टोली हिमामा पुगेको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनसालाई दिएको भएपनि स्थानीय तहमा कल्पनाको दर्ता गराईसकिएकाले समस्या सामाधान गरिनुपर्ने बताइन । उनले दर्ता गराउनेको दोष नभई विचमा समस्या निम्त्याउनेको दोष भएको बताइन । उनले भनिन, माओवादी नेता कार्यकर्तालाई सम्यम भएर निर्वाचनमा लाग्न अनुरोध गरिन ।
नेकपा माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहमा अध्यक्ष सहित बहुमत विजय हाशिल गरेको थियो ।यो बर्ष वडामै पनि स्वतन्त्र दिनेको संख्या बढेको छ । यसले गर्दा नेकपा माओवादी केन्द्रलाई हिमागाउँपालिकामा बिजयी हातपार्न चुनौति देखिएको छ ।