उद्योग बाणिज्य संघ जुम्लाको अध्यक्षमा देवकोटा बिजयी
जुम्ला ः जुम्ला उद्योग बाणिज्य संघको अध्यक्षमा पुरीचन्द्र देवकोटा बिजयी भएका छन ।निर्वाचन अधिकृत दिलबहादुर महतका अनुसार अध्यक्षमा पुरिचन्द्र देवकोटा, प्रथम उपाध्यक्षमा डम्बर कुमारी खड्का, उपाध्यक्षमा गणेश रोकाया, र महासचिवमा टेकेन्द्र नगरकोटी कोषाध्यक्ष देवेन्द्र आचार्य बिजयी भएका हुन ।
अध्यक्ष देवकोटाले २६६ मत प्राप्त गरेका छन् । भने अध्यक्षका उम्मेदवारका प्रतिष्पर्धी बामपन्थी प्यानलका भैरबहादुर कठायतले १७९ मत प्राप्त गरेका छन । प्रथम उपाध्यक्ष डम्मर कुमारी खड्काले २६३ मत प्राप्त गरिन । उनका भने प्रतिस्पर्धी नन्दराज धितालले १७० मत प्राप्त गरेका हुन । उपाध्यक्ष गणेश रोकायाले सवैभन्द बढी ३०४ मत ल्याएका छन ।
निर्वाचन अधिकृत दिलबहादुर महतका अनुसार लोकतान्त्रिक प्यानलको पुरै प्यानल बिजयी भएको छ । लामो समय देखी नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानलको बर्चस्व भएको जुम्ला उद्योग बाणिज्य संघमा यस पटक पनि प्यानल बिजयी भएको छ ।
यसैगरी महासचिव टेकेन्द्र नगरकोटीले २४९ मत प्राप्त गर्नुभएको छ । यसैगरी कोषाध्यक्ष आचार्यले २७६ मत प्राप्त गरेका छन । नवनिर्वाचित अध्यक्ष देवकोटाले उद्योग क्षेत्रमा देखिएका नितिगत समस्याको हल गर्न कार्यसमितिले काम गर्ने बताए ।








