जुम्लामा पुरुष भन्दा आँखाको समस्या महिलामा बढी

जुम्ला ः जुम्लामा पूरुषको तुलनामा महिलामा आँखाको समस्या बढी रहेको पाइएको छ । जुम्लामा जुम्लामा हिमालयन आँखा अस्पताल खोखराको प्राविधिक सहयोग, सिविएम नेपाल र नेपाल नेत्रज्योति संघको आर्थिक सहयोगमा संञ्चालन गरिएको ३८औ शिविरमा यस्तो समस्या देखिएको हो । उक्तशिविरमा आँखाको मोतिविन्दु सम्बन्धी चेकजाँच गर्नका लागी १३ सय ६० जनाले आएका थिए ।

जसमध्य १ सय २१ जनाको सल्यक्रिया गरिएको हिमालयन आखा अस्पतालका नेत्र अधिकृत गोविन्दनाथ योगीले बताए । उनले भने,यो शिविर जेष्ठनागरिकलाई लक्षित गरी राखिएको हो । उनका अनुसार पुरुषको तुलनामा आँखाको समस्या महिलामा बढी रहेको छ । यस पटकको सल्यक्रियाको तथ्याङकमा ५९ जना पुरुष रहेका छन भने, ६२ जना महिला रहेका छन ।

नेत्र अधिकृत गोविन्दनाथ योगीले भने,‘उनले भने यो शिविरले मात्रै होइन बिभिन्न अध्ययनपत्रले महिलामा आँखा सम्बन्धी समस्या बढी हुने गरेको बताए । उनले थपे,“पूरको धुलामा महिला बढी धुलोधुवाँ संग सम्बन्धी काम गर्ने भएकाले यस्तो किसिमको जोखिम पुरुषको तुलनामा महिलामा बढी हुने अध्ययनले जनाएको छ ।

दृष्टिदोष तथा आँखा सम्बन्धी समस्या यस्तो समस्या हो, जसको समयमै उपचार गर्न नसकेको खण्डमा एउटा व्यक्तिलाई मात्र नभइ उसको सम्पूर्ण परिवारलाई नै प्रभावित पार्ने गर्छ चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिृक क्षेत्र बहादुर बुढाथापाले बताए । जुम्लामा संञ्चालन हुने आँखाको सल्यक्रियाले जेष्ठनागरिकलाई धेरै राहत भएको छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्र्रसाइले आँखाको स्वास्थ्य सेवा सबै क्षेत्रमा पहुँच बढाउँन कालागी पहल भएको बताइन । उनले जुम्लाका सबै पालिकामा आँखा सम्बन्धीको उपचार जरुरी रहेको बताइन । उनका अनुसार आँखाको सल्यक्रिया सेवा लिन आउनेमा महिला बढी छन ।

आँखा स्वास्थ्य सेवालाई महिला लक्षित गरी समुदायमा लैजादा मात्र आँखा सेवाको समतामूलक वितरण र भिजनको लक्ष्यहरु प्राप्त गर्ने सम्भावना रहेको देखिन्छ ।

त्यस्तै नेत्रज्योति संघ जुम्लाका अध्यक्ष धनबहादुर रोकायाले भने जुम्लामा यस्तो सेवा सुचारु गर्ने जेष्ठ नागरिकको सक्रियता बढी रहेको छ । आगामी दिनमा यस्ता कार्यक्रम युवा पुस्तालाई जोडन जरुरी छ । यसले गर्दा पुस्ता हस्तानतरण गर्नमा जोड पुग्ने भएको छ ।

त्यस्तै आँखाको सल्यक्रिया गरेकी बैसाकी सार्कीले भनिन, आँखाको समस्या भएका हामी जस्ता बिरामीलाई घरआँगनमै सेवा पाउदा हर्षित भएको बताइन ।उनका अनुसार अाँखको मोतियाविन्दु समस्या भएका जुम्ला भरीका ज्येष्ठ नागरिकले उपचार गर्न पाएका छन ।

त्यस्तै जुम्लामा लामो समय देखी बर्षको दुईपटक मोतियाविन्दुका विरामीका लागि परीक्षण तथा जाँच गर्दै आईरहेको छ । हिमालय आखा अस्पताल पोखराले लामो समयदेखी दक्षजनशक्ति सहयोग गरेर विभिन्न शिविर संचालन गर्दै आएको हो । त्यस्तै स्थानीय कालीबहादुर महतले दुर्गममा निशुल्क शिविर हुनु यहाँका नागरिकका लागि सहज भएको बताए ।

 

सम्बन्धित समाचार