नेराकसंगठन (निजामति) अध्यक्षमा बुढ्थापा
जुम्ला ः नेपाल राष्ट्रिय कर्मचारी संगठन –निजामति) जुम्लाको अध्यक्षमा मिलन बुढ्थापा चयन भएका छन । बुढ्थापालाई जिल्लामा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले बाट सर्वसम्मत चयन गरीएको हो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) प्रदेश अध्यक्ष देवेश्वर गिरीका अनुसार समितिको उपाध्यक्षमा बिरेन्द्र रावल, निर्माया अधिकारी, यूवराज न्यौपाने, जितेन्द्र रावत चयन भएका हुन ।
यसैगरी सचिवमा उत्तम देवकोटा, कोषाध्यक्ष किरण न्यौपाने, सहसचिव जयराज कुमाई सहित ३५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
नयाँ कार्यसमितिलाई सपथ तथा प्रमाणपत्र वितरण निर्वाचन मण्डलले गरको छ ।यसैगरी केन्द्रीय अध्यक्ष हरिबहादुर रावल, प्रदेश अध्यक्ष देवेश्वर गिरी लगायतका नेताहरुले नयाँ कार्यसमितिलाई वधाई ज्ञापन समेत गर्नु भएको छ ।









