जुम्लामा म्यादी प्रहरीको भर्ना खुलेको तेस्रो दिनमा १२ सयको दरखास्त

जुम्ला ःजुम्लामा म्यादी प्रहरी भर्ना खुलेको ३ तेस्रो दिनमा १२ सय जनाको दरखास्त परेको छ ।स्थानीय तह निर्वाचन लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लामा म्यादी प्रहरी भर्ना लागी दरखास्त दिनेको घुईचो लागेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक तथा सुचना अधिकारी युवन चौधरी भन्छन जुम्लाका लागि ७ सय ६८ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने हो । तर यहा म्यादी प्रहरी भर्नाको आह्वान गरे तेस्रो दिनमा १२ सयको हाराहारीमा दरखास्त परेको छ ।
म्यादी प्रहरीको लागी उम्मेरको हद
जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दका अनुसार छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्ष भन्दा माथी र ५४ वर्ष भन्दा तलाका नागरिकले दरखास्त दिन पाउने छन। उनले भने, पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकालाई केही प्रथामिकता दिइने छ ।
म्यादी प्रहरीको म्याद ४० दिन मात्रै
आगामी निर्वाचन लाई लक्षित गरी भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हने प्रहरी जवान हस्त बहादुर बुढा मगरले बताए ।।त्यसका लागि मासिक ३० हजार २सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।

प्रत्येक म्यादी प्रहरीले खाद्यान्न बापत सात हजार २ सय ,पोसाक र अन्य खर्च गर्ने गरी छ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बीमा सुविधा समेत उपलब्ध गराइने व्यवस्था गरिएको प्रहरी निरिक्षक युवन चौधरीले बताए । प्रहरी निरिक्षक चौधरीले म्यादी प्रहरीको लागी १३ गते सम्पर्क मिति रहेको छ। त्यस्तै १५ गते देखि २२ गते सम्म छनोट प्रक्रिया हुने छ । २८ गते भित्र उनिहरुको नतिजा सूरु हुने भएको छ ।
म्यादी प्रहरीको दरखास्त बढ्नुमा वेरोजगार मुख्य समस्या
म्यादी प्रहरीको लागी जुम्लामा ५३ वर्ष उम्मेर सम्मका पुरुष र ३५ वर्ष सम्मका महिलाले दरखास्त दिएको प्रहरी निरीक्षक युवन चौधरीले बताए ।उनले भने, ११ गते सम्म दरखास्त दिने मिति भएकाले झण्डै २ हजारको हाराहारीमा दरखास्त पर्न सक्ने अनुमान छ ।

कोरोना महामारीका कारणले पनी जुम्लामा वेजगारको संख्या भएको पाइएको छ । गाउमा रोजगारको कुनै अवसर नभएपछि म्यादी प्रहरीको लागी दरखास्त दिएको चन्दननाथ नगरपालिका ८की दुर्गा थापाले बताइन ।उनले भनिन, घर खर्च चलाउनका लागी म्यादी प्रहरी हुन आएको बताइन । त्यस्तै म्यादी प्रहरी हुन आएकी सरस्वती दवाडीले भनिन, गाउमा रोजगारस्को ब्यवस्गा नहुनु गरिबी बढ्नु जस्ता कारणले म्यादी प्रहरी हुनेको भिड लागेको हो ।