असार भित्रै भेरीगंगाका सबै वडाका घटना अनलाईनमा दर्ता हुने

सुर्खेत । भेरिगंगा नगरपालिकाले आगामी आसार सम्म अनलाईन घटना दर्ता सबै वडाहरुबाट संचालन गरिने जनाएको छ ।
मंगलवार नगरपालिकाको वडा नम्वर ६ मा अनलाईन घटना दर्ता सुरु समेत गरिएको भेरिगंगा नगरपालिकाकी उपप्रमुख रेणु आर्याय (ढकाल) ले जानकारि दिईन् ।
समृद्ध नगरपालिका बनाउने र सोहि अनुसारको सेवा सुवीधा आम नागरिक लाई प्रदान गर्ने गरि आफुले काम गरिरहेको उनले बताईन् ।
अहिले प्रवीधि अनुसार वडाका काम कारवाही छिटो र छरितो होस भन्ने उदेश्यले यो अभियानलाई तिब्रता दिएको उनले बताईन् ।
अहिले ११ नम्वर वडा बाट पनि अनलाईन घटना दर्ताको काम भईरहेको छ ।
अनलाईन घटना दर्ता सुरु गरेको वडा नम्वर ६ मा पहिलो दिन पाँच जनाको अनलाईन मार्फत घटना दर्ता गरिएको वडा अध्यक्ष बर बहादुर खड्काले जानकारी दिएका छन् । वडा कार्यालयमा काम समयमै हुने भएपछी सेवा ग्राही खुशी भएका छन् ।