वीरेन्द्रनगर नगरपालिकाले प्रहरीलाई मोटरसाईकल दियो

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई मोटरसाईकल उपलब्ध गराइएको छ ।
आपराधिक गतिविधि रोक्न तथा शान्ति सुरक्षा कायम गर्नका लागि मोटरसाईकल उपलब्ध गराइएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।
आपराधिक गतिविधि रोक्नुका साथै यसको अतिरिक्त नदिजन्य पदार्थहरुको उत्खनन्, नियमन तथा आसोरपोसारमा नगरपालिका संग समन्वय गर्नका लागी समेत मोटरसाईकल प्रदान गरिएको ढकालले बताए ।
कर्णाली प्रदेसको राजधानि भएका कारणले गर्दा पनि वीरेन्द्रनगरमा प्रहरीलाई सुरक्षमा चुनौती थप भएको र केहि हद सम्म जनताको सुरक्षमा सहयोग होस भन्ने हेतुले होण्डा साईन कम्पनीको एक सय २५ सिसिको मोटरसाईकल प्रदान गरिएको हो । यस भन्दा पहिला पनि वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ३ ले बजाज कम्पनीको मोटरसाईकल प्रहरीलाई उपलब्ध गराएको थियो ।