‘..कुडा कर्नाली’का सुरु

‘कर्णाली उत्सव’को तेस्रो संस्करण आजदेखि सुरु ११ बजेदेखि सुरु हुँदैछ ।  ‘..कुडा कर्नाली’का मूल नाराका बनाइ हरेक वर्ष फागुनमा सञ्चालन हुँदै आएको  ‘कर्णाली उत्सव’को तेस्रो संस्करण आजदेखि सुरु भएको हो ।

कर्णालीसम्बन्धी र राष्ट्रिय विषयवस्तुमा बहस हुने  ‘कर्णाली उत्सव’  ऋति फाउण्डेशनले सञ्चालन गर्दै आएको छ ।  ‘..कुडा कर्नाली’का पहिलो दिनमा कर्णाली भेरी सुसेल्दो छ, पैकेलो,  बजार विकास, कविता साँझको सत्र रहेको छ ।

कर्णाली भेरी सुसेल्दो छ – कवि डा. नवराज लम्सालले सञ्चालन गर्ने छन्  । यो सत्र आज दिउँसो १ बजे रहेको छ । भने, २ः३० बजेबाट पैकलो सुरु हुनेछ । (कर्णालीका हिरोअर्थात् खस भाषामा पैकेलो) पैकलो फोटोग्राफर गोरख विष्ट छन्  ।  ।

यस्तै  दिउँसो २ः४५ बजेबाट बजार विकास हजार विकास सुरु हुनेछ । यसको सञ्चालन अध्येता सुरथ गिरीले गर्ने छन्  भने ४ः०० बजेदेखि कविता साँझ सुरु हुनेछ यसको पनि सञ्चालन प्रकाश लामिछाने र जानकी आचार्यले गर्ने छन्  भने व्यक्ता कवि डा. लम्साल पनि छन्  ।

तीन दिनसम्म सञ्चालन हुने उत्सवमा ११  सत्रमा विभिन्न विषयवस्तुमा बहस हुने जानकारी गराइएको छ ।  उत्सवमा कविता, गजल, सांस्कृतिक प्रस्तुतिका साथै पुस्तक विमोचनको समेत हुनेछ ।

कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने चारभन्दा बढी कर्णालीवासीका सफलता तथा सङ्घर्षका कथाहरु प्रस्तुत हुने छन्  ।