गर्भावस्थाका ९ महिनाका बारेमा अन्तरक्रिया

जुम्ला ः गर्भावस्था एक संवेदनशिल अवस्था हो । यतिबेला गर्भवतीले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।शारीरिक मात्र होइन मानसिक स्वास्थ्यको समेत बिशेष ख्याल गर्नु पर्छ भन्दै तिलागाउपालिकाकाले गर्भवती महिला संग अन्तरक्रिया कार्यक्रम गरेको छ । गर्भ रहेपछिको अवस्थादेखि नै उचित खानपान जीवनशैली र सोंच–चिन्तन आवश्यक हुने भन्दै गर्भवती महिला संग उपाअध्यक्ष कार्यक्रम मार्फत अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

यो अवस्थामा यतिबेला गर्भवतीले मात्र होइन उनका श्रीमान र परिवारले नै राम्रो वातावरण तय गरिदिनु पर्ने भन्दै गर्भवती र उनीहरुका श्रीमान संग अन्तरक्रिया गरिएको तिलागाउपालिकाका अध्यक्ष रतन नाथ यौगीले बताए ।उनले भने,कुन अवस्थामा गर्भवतीले कस्तो सावधानी अपनाउने ? के गर्ने ? के नगर्ने जस्ता कुराको बारेमा जानकरी दिनका लागी पालिकाले धेरै महिला मुखी कार्याक्रम ल्याएको बताए ।उनले भने,”भर्गअबस्थामा आमाले त्तयान नदिएका कारण धेरै बालबालिकामा कुपोषण देखिने भएकाले गाउपालिका भरी कुपोषण मुक्त बनाउनका लागी यस्ता खालका कार्यक्रम लागु गरिएको बताए ।

त्यस्तै तिलागाउपालिका उपाध्यक्ष बष्णु बुढाले भनिन , गर्भअबस्थामा कुनैपनि भार उठाउन हुादैन–ताजा र पौष्टिक खानेकुरा सेवन गरौ । उनले भनिन् जसका कारण बच्चालाई पूर्ण रुपमा पोषण मिलोस । स्थानीय स्तरमा उत्पादिन सागपात दुध ,माछामासू गेडागुडी जीता झोलिलो पदार्थ सामेल गरौ ।उपाअध्यक्ष बुढा भनिन् हामीले पहिलो चरणमा पोषिलो खानेकुरा बितरण गरेका थियौ ।त्यस्तै फिल्ड र झोला जस्ता जस्ता समाग्री बितरण गरेका थियौ ।उनले थपिन सरकारले सधै भरी दियर हुदैन । महिला आफै सचेत हुन पर्छ ।

त्यस्तै स्वास्थ्यकर्मी नेत्र बहादुर खत्रीले भने, दिनमा कम्तीमा ६–७ गिलास पानी पिउनुहोस् । गर्भ अबस्थाको समयमा मदिरा ड्रग्स वा विषाक्त पदार्थको सम्पर्कमा बस्नुहुन्दैन ।आफ्नो मर्जी अनुसार कुनैपनि औषधी सेवन नगर्ने, आफ्नो खानेकुरामा प्रोटिन क्याल्शियम कार्बोहायडे्रट, ताजा फल खानु पर्ने बताए । जसका कारण तपाइको पेटभित्र रहेको गर्भ निकै परिपक्क हुने बताए ।

आमाले खानपानमा ध्यान दिएको खण्डमा बच्चाको स्वच्छ हुने बताए । स्वास्थ्यकर्मी खत्रीले भने गर्भधारणका लागि महिलाको उमेगर २१ बर्ष पुगेको राम्रो हो मान्यता छन । तर तिलागाउपालिकाका आफनो उमेर २१ देखि २२ वर्ष बताउने किशोरीहरुका ३ ।४ वटा सन्ता जन्माइ सकेका छन ।तिलागाउपालिका भरी ३सय ३५महिला गर्भवती भएको पोषण सहजकर्ता जसुकला रावत बताउँछन ।

त्यस्तै तिलागाउपालिका ४ की माया देवी सुनारले सरकारले गर्भवती महिला प्रति गरेको कार्यक्रम महत्वपुण भएको बताइन ।उनले भनिन,‘जेहोस अहिलेको सरकारले हामीलाई हेरीरहेको छ । हामी जस्ता दुर्गमका गर्भवतीलाई स्वास्थ्य ल्याए सचेतना दिने काम भएको छ । उनले थपिन अहिले स्वास्थ्यकर्मी सहित उपाध्यक्ष बुढा तिला गाउँपालिकाको ९ वटा वडाका ३१ बस्तीमा रहेका गर्भवर्ती संग पुग्नु भएको छ ।