मानव अधिकार रक्षक पक्षपाती नहुन मुख्य मन्त्री शाहीकाे आग्रह

सुर्खेत ःकर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मानव अधिकार रक्षकहरु पक्षपाती हुनु नहुने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार आयोजना गरेको २ दिने मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मलेनको उनले यस्ताे बताएका हुन ।
‘मानव अधिकार रक्षकहरुले आफ्नो राजनीतिक आस्था वा नातागोताका आधारमा पीडकहरुको संरक्षण वा कारवाही गराउने गरेकाे मुख्यमन्त्री शाहीले टिप्पणी गरे ।
मुख्यमन्त्री शाहीले, मानव अधिकारका बहुआयामिक सवालहरुलाई मानव अधिकारकर्मीले सही ढंगले वकालत र पैरबी गर्न सके बास्तविक पीडितले न्याय पाउन सक्ने बताए ।
देशको संविधान र ऐन, कानूनले दिएको अधिकार परिपूर्ति गराउन सबैले इमान्दार प्रयास गर्नुपर्ने उनले सुझाव दिएका छन ।
राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश कार्यालय सुर्खेतमा नराखिएको प्रति मुख्यमन्त्री शाहीले असन्तोष व्यक्त गरे । ‘आयोगले कर्णाली प्रदेशको अधिकार हनन् ग¥यो’ उनले टिप्पणी गरे ।
त्यस्तै कार्यक्रममा उच्च अदालत सुर्खेतका कायममुकाम मुख्य न्यायाधीश शेषराज सिवाकोटीले समाजमा विद्यमान जातीय विभेद लगायतका कुरीति र कुसंस्कार हटाउन मानव अधिकार रक्षक अग्रसरता हुन जरुरी रहेको बताए ।