राष्ट्रिय स्वास्थ्यकर्मी संघ जुम्लाको अध्यक्षमा न्यौपाने
जुम्ला ः नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ जुम्लाको दोस्रो जिल्ला सम्मेलन सकिएको छ । मंगलबार होटल दौतरीमा भएको अधिवेशनले सर्वसहमतिका आधारमा नेतृत्व चयन गरेको हो ।दोस्रो अधिवेशनले सर्वसहमतिका आधारमा मलाई अध्यक्षको जिम्मेवारी दिइएको कर्मेन्द्र न्यौपानेले बताए । उनले भने, मलालाई अध्यक्षमा चयन गरेकोमा यस कार्यसमित र सहयोगी नेतित्वप्रति आभारी छु । न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा मिलन तिमल्सिना र महिला उपाध्यक्षमा सतााक्षी न्यौपाने चयम भएका छन् ।
तेसैगरी सचिवमा मान बहादुर बुढा,कोषाध्यक्षमा कमला बुढा, सहसचिवमा नवराज भट्टराई चयन भएको छन । भने सदस्यमा लक्ष्मीनारायण उपाध्याय , कल्पना अधिकारी ,अमर राज सार्की, निर्मल काफ्ले भिमबहादुर बुढा , कलिका बुढ्थापा , पुर्ण धिताल, सरस्वती रालव,र कर्ण प्रसाद चौलागाइ रहेका छन ।
अध्यक्ष न्यौपालेले भने जिल्ला कार्यसमितिमा हुने पर्ने ३५ जना सदस्य हो । १५ जना चयन रिएको छ। अरुबाँकी सदस्य आगामी कार्यसमितिको पुर्ण बैठकले मनोनयन गर्ने निर्णय भएको छ । उनका अनुसार बैठकमा एमाले प्रदेश कमिटी सदस्य धिरेन्द्रराज गिरि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महत लगायत विभिन्न पेशागत संगठनका प्रमुख एबमं प्रतिनिधिको उपस्थिति रहेको थियो ।








