स्याउ,ओखर रोप्दै नेपाली सेना
जुम्ला ः जुम्लामा नेपाली सेनाले स्याउ र ओखर विरुवा रोप्न थालेको छ । नेपाली सेना नं २४ वाहिनी अड्डा र नन्दबक्स गण जुम्लाले आफ्नो परिसरमा ५ सय स्याउ र एक ओखरका बिरुवा गरी ६ सय बिरुवा रोपेको हो । नेपाली सेनाको नन्दबक्स गणमा तीन सय विरुवा स्याउ रोपिएको छ । भने ,नं २४ वाहिनी अड्डा २सय स्याउ बिरुवा र एक सय ओखरका बिरुवा रोपिएको छ ।
त्यस्तै बाहिनीपति रामचन्द्र केसीका अनुसार सेनाले आफ्नै परिसरमा स्याउ र ओखर रोपेको छ । एकातिर विरुवा रोप्दा राम्रो हुने र अर्कोतिर किर्षिमा उत्पादन बढाउने बताए । उनले भने,”नेपाली सेना अब किषी क्षेत्रतर्फ अग्रसर गर्न थालिएको छ ।जसको लागी नेपाली सेनाले बिभिन्न दिवस , पर्वहरुमा स्याउ र ओखरका विरुवा रोप्ने गरेको छ ।
वाहिनीपति केसी, गणपति रविन थापा, जिल्ला वन कार्यालयका प्रमुख दिने शजंग खत्रि, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई स्याउ सुपरजोन कार्यालय प्रमुख गंगा पोख्रेल सहितका सरोकारवालाले सेना दिवसको अवसरमा विरुवा रोपेका छन ।गणपति रविन थापा नेपाली सेनाले २४ नम्बर वाहिनीमा आफ्नो परिसरलाई पछिल्लो समय कृषिमय समेत बनाउदै आएको बताए । उनले भने,यस भन्दा पहिला पनि वाहिनीपति केसीले एक हजार दुईसय विरुवा रोपेको र तीनसय विरुवा स्याउ फल्न थालेका छन ।
उनले यसपटक नन्दा वक्स गणमा रहेको परिसरमा समेत शिवरात्री र सेना दिवसको अवसरमा स्याउ,ओखर र धुबिको बिरुवा समेत रोपिएको छ ।जुम्लामा स्याउ प्रमुख आम्दानी भएकाले सेनाले पनी स्याउ खेती तर्फ लागेको पाइएको छ । गणपति रविन थापा भन्छन, किषी हामी सबैको सम्मानित पेसा हो । किषी क्षत्रेको उत्पादन बढाउन किसानको मात्रै जिम्मेवारी होइन । हामीसबै लाग्न आश्यक छ ।

यस अघिका वर्षहरुमा देवदियार ,सल्ला र धुबिका बिरुवा लागाउने नेपाली सेनाले अब स्याउ र ओखरका बिरुवा रोप्न थालेको नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए ।उनले भने,”जुम्ला स्याउको हब जिल्ला हो । यहाको प्रमुख आम्दानीको स्रोत पनी हो । उनले भने,”नेपाली सेनाले थालेको स्याउ र ओखर रोप्ने कार्यले यहाका अरु निकायलाई समेत प्रेणाको स्रोत बन्नेछ । जुम्ला स्याउ प्रयाप्त मात्रामा उत्पादन हुने भूमि भएकाले खाली जमिनमा स्याउ लगाउनु उपयूक्त मनिएको नन्दबक्स गण जुम्लाले बताए ।










