सेना दिवसका अवसरमा जुम्लामा दौड प्रतियोगिता
जुम्लाः नेपाली सेना दिवस तथा महाशिवरात्रीको अवसरमा जुम्लामा दौड प्रतियोगिता गरिएको छ ।नेपाली सेनाले र नागरिक बीचको सम्बन्ध सुमधुर बनाउन नन्दाबक्स गण र नम्बर २४ बाहिनी अडको आयोजनामा सेनाले जुम्लामा दौड प्रतियोगिता गरेको हो ।प्रतियोगिता दुई चरणमा सञ्चालन गरिएको थियो ।४० वर्ष माथिका ४० वर्ष मुनिका बिच दौड प्रतियोगिता भएको थियो ।
४० वर्ष मुनिको ५ किलोमिटर दौड प्रतियोगिताको प्रथम प्रकाश कठायत भएका छन ।त्यस्तै द्धितिय दिपेन्द्र बोहोरा तृतिय शेर बहादुर अधिकारी भएका छन । त्यस्तै ४० वर्ष मुनिका महिला तर्फ कल्पाना बुढा दौड प्रतियोगितामा प्रथम बनेकी छन । भने, राज्यलक्ष्मी रावल ,द्धितिय र ईशरा बुढा तितृय भएकी हुन ।
उक्त प्रतियोगितामा ४० वर्ष माथीका पुरुष तर्फ भेष बहादुर बस्नेत प्रथम भएका छन । त्यस्तै सेनानी नारायण लामिछाने द्धितिय र हर्करावल तितृय भएका छन । दौडप्रतियोगितामा प्रथम द्धितिय र तितृय हुनेलाई कदर पत्र र नगद पूरुस्कार दिइएको छ । प्रथमलाई ५हजार द्धितियलाई ३हजार र तितृयलाई २ हजार नगद सम्मान स्वरुप दिइएको गणपती रबिन थापाले बताए । उनले भने,”सेना राष्ट्रको सुरक्षासँगै नागरिकको सुख दुखको साथी पनि हो भन्ने कुरा नागरिक समक्ष सेनाले आफूलाई पेस गरेको बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले जुम्लामा नेपाली सेनाले नागरिकका हितमा गरेको कामको प्रशंसा गरिन । उनले सेनाको शान्ति, सुरक्षासँगै सामाजिक हितका काम प्रेरणादायी रहेका छन ।
त्यस्तै २४ नम्बर बाहिनी अड्डाका बाहिनी पति रामचन्द्र केसिले देशको शान्ति सुरक्षासँगै नागरिकको सेवालाई पनि आत्मसाथ गरेर काम अघि बढाएको बताए ।उनले भने, राष्ट्रिय सुरक्षासँगै विपद् व्यवस्थापन, सामाजिक हितका कार्यमा सेना सधैब प्रतिबद्ध रहेको बताए ।
कायक्रममा सेना दिवस तथा महाशिवरात्रीको अवसरमा आयोजित दौड प्रतियोगिताका लागि सहयोग गर्ने सम्पुर्ण गैरसरकारी संस्था होटल, र स्टेशनरी ब्यवसाय पनी क्षेत्रलाई सम्मान गरिएको छ ।













