जबरजस्ती करणी गरेकाे अभियाेगमा मुगुका सांसद बानियाँ प्रकाउ

 

जबरजस्ती   करणी गरेकाे अभियोगमा नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन्।

सांसद बानियाँविरूद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरीमा  जबरजस्ती करणी गरेको गरेको भन्दै जाहेरी दिएकी थिइन्।
सांसद बानियाँलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूधन न्यौपानेले बताए । पीडित महिलाले सांसद बानियाँले बाँकेस्थित होटल अप्सरामा आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्

पीडित महिलाले बानियाँले पैसा दिन्छु भनेर होटेलमा बोलाएको र त्यहीँ बस्न लगाएर जबरजस्ती करणी गरेको जोहेरीमा उल्लेख गरेको प्रवक्ता न्यौपानेले बताए।

पीडित महिलाले दिएको जाहेरीका आधारमा हामीले पूर्वमन्त्रीलाई नियन्त्रणमा लिएका छौ,’ न्यौपानेले भने, अब प्रहरीले घटनाबारे थप अनुसन्धान गर्नेछ।’