जुम्लामा मतदाता नामावली अद्यावधिक सम्बन्धी अन्तरक्रिया
जुम्ला ः जुम्लामा मतदाता नामावली अद्यावधिक सम्बन्धी अन्तरक्रिया भएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाले जिल्लास्थि राजनैतिक दल, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायहरु विच मतदाता नामावली अद्यावधिक अन्तरक्रिया गरेको हो ।
निर्वाचन आयोग नेपालले जारी गरेको संशोधित सूचनाका आधारमा हराएका मतदाता परिचयपत्र कार्ड फागुन २० गते भित्र लिने ब्यवस्थाका बारेमा समेत जानकारी गराइएको छ । सम्बन्धीत ब्यक्तिले निवेदन र वडाको सिफारिस सहित ईमले, फ्याक्स र अन्य माध्यामबाट पनि निर्वाचन कार्यालयमा पठाउन ब्यस्था रेहेको छ ।
कार्यालय प्रमुख महेश शर्माले जुम्लामा जम्मा ६८ हजार ७ जना मतदाता नामावली रहेको बताए । उनका अनुसार चन्दननाथ नगरपालिका ११ हजार नौस सय २८,कनकासुन्दरी गाउँपालिका नौ हजार ७८,गुठिचौर गाउँपालिका छ हजार पाँच सय ३९,तातोपानी गाउँपालिका नौ हजार चार सय तिन, तिला गाउँपालिका सात हजार नौ सय ३९, पातारासी गाउँपालिका आठ हजार छ सय ७६, सिञ्जा गाउँपालिका आठ हजार एक सय ३७ र हिमा गाउँपालिका छ हजार तिनसय छ । एक पालिकामा एक हजार भन्दा माथी मतदाता रहेको खण्डमा अनुमानित मतदान केन्द्र १०२ हुने सक्ने बताइएको छ ।
अन्तरक्रियमा हराएको मतदाता परिचय पत्रको आवेदन दिने समय छोटो भएकाले संशोधन गर्ने समय छोटो भएकाले मिति थप्न सरोकारवाला निकायले आग्रह गरेका छन् । स्थानीय राजनैतिकदलहरुले हिमाली क्षेत्रका मानिसहरु व्यापार व्यवसायमा वाहिर जानुपर्ने अवस्था भएकाले फागुन २० गते छोटो सूचना हुने सूझाव दिएका छन् ।
नेकपा माओवादीका प्रदेश सदस्य पूर्ण प्रसाद धिताल, नेपाली काग्रेसका जिल्ला सचिव अर्जुनसिंह कठायत, नेकपा एमालेका जयबहादुर खत्री, नेकपा एकिकृत समाजवादीका भिम थापा, राप्रपाका कालिबहादुर महतले मिति बढाउन अनुरोध गरे ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जुम्लाका धेरै नागरिक भारतमा भएकाले नागरिकताले नै नागरिकले मतदान गर्न पाउने अधिकार हुनुपर्ने बताए । हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले हराएका परिचयपत्रका लागि वडा कार्यालबाट संकलन गर्ने अभियानमा समेत गाउँपालिका लागेको बताए ।
प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले निर्वाचनमा अहिले प्रधान बिषय दर्ता भईसकेका मतदाता अनुसारका नामावली अनुसारका व्यक्ति कसरी मतदान स्थलमा पुरयाउन सकिन्छ भन्ने तयारीका लागि सवै लाग्न अनुरोध गरे । उनले अन्तरक्रियामा कानूनलाई आधार मानेर काम गनुपर्ने र अर्को दुर्गमताको कारणले आउने समस्याको वारेमा आयोगलाई जिल्लाको जानकारी हुनुपर्नेमा जोड दिइन ।।
मतदाता नामावली हस्तान्तरण
जिल्ला निर्वाचन कार्यालय जुम्लाले स्थानीय सरकारलाई मतदाता नामावली हस्तान्तरण गरेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाले एक कार्यक्रमका बिच स्थानीय सरकारलाई मतदाता नामावली उपलब्ध गराएको हो । कार्यालयले मतदाता नामावली अद्यावधिक (दावी विरोध त्रुटी सच्चाउने कार्यक्रममा जुम्लाका सबै सारोकारवाला निकायलाई जानकारी गराइएको छ । अन्तरक्रियामा नआएकालाई पालिकामा पुगेर मतदाता नामावली निर्वाचन कार्यालयले सोमबार









