शिक्षा पत्रकार समूहको केन्द्रीय सचिवमा विश्वकर्मा

काठमाडौंः शिक्षा पत्रकार समूहको केन्द्रीय सचिवमा विष्णु विश्वकर्मा चयन भएका छन् । काठमाडौंमा सम्पन्न समूहको ११ औं अधिवेशनबाट सचिवमा सर्वसम्मत विश्वकर्मा निर्वाचित भएका हुन् ।

सुर्खेत घर भएका विश्वकर्मा पछिल्लो एक दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी, उज्यालो ९० नेटवर्क लगायतका रेडियोमा कार्यरत थिए । अहिले इकागज डटकममा कार्यरत छन् ।

समूहको अध्यक्षमा कृष्ण मल्ल, वरिष्ठ उपाध्यक्ष निर्जला कक्षपति, उपाध्यक्ष जनक नेपाल, महासचिव रोशन क्षेत्री गाउँले, कोषाध्यक्ष ममता थापा चयन भएका छन् ।

यस्तै सदस्यमा हरि थापा, नवराज चालिसे, सबिना बानियाँ, राजकुमार बराल, राधा खनाल, दीपेन्द्रप्रसाद सिंह र अनिता श्रेष्ठ चयन भएका हुन् ।

शिक्षाका मुद्दामा लेख्ने पत्रकारको पहिलो व्यवसायिक संगठनका रुपमा शिक्षा पत्रकार समूह २२ वर्ष अगाडी स्थापना भएको संस्था हो ।