हुम्लाबाट सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

सिमकोट : हुम्लाबाट एक सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिहेको छ ।  घरमै बच्चा जन्मे पनि सुत्केरी महिलाको शरीर सुनिन थालेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

खार्पुनाथ गाउँपालिका– २ थाली गाउँकी २५ वर्षीया जानसा रावल सुत्केरी भए पनि शरीर सुनिएर स्वास प्रस्वासमा समस्या आएको उनलाई उपचारका लागि बाहिर जिल्ला लिइएको  स्वास्थ्य सेवा कार्यालयकी बरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन्  ।

बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत अस्पताल लगिएको बोहोराले जानकारी दिइन् । बोहराले भनिन्, ‘ बच्चा जन्मे पनि आमाको शरिर सुनिएको कारण जोखिम हुने देखिएपछि हेलिकोप्टरबाट उद्धार गर्नु परेको हो ।’ आमाको शरिर सुनिएको भएपनि शिशुको स्वास्थ्य सामान्य रहेको उनले जानकारी दिइन्

सुत्केरी महिला बिरामी भएको खबर आउने बित्तिक्कै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा हेलिकोप्टरको व्यवस्था भएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले बताए ।

यसवर्ष हुम्ला जिल्लाबाट योसहित तीन जना सुत्केरी तथा ब्यथा लागेका महिलाको उद्धार गरिएको छ । कर्णाली खवरबाट सभार

सम्बन्धित समाचार