खस जुम्ली सेवा समाज दोहा कतारको अध्यक्षमा आचार्य


जुम्ला ः खस जुम्ली सेवा समाज दोहा कतारको अध्यक्षमा देवराज आचार्य चयन भएका छन । शुक्रबार संस्थापक अध्यक्ष बल बहादुर रोकायाको अध्यक्षतामा बसेको दोश्रो बार्षिक साधारणसभाको बैठकले अध्यक्षमा आचार्य लाई चयन गरेको हो । जुम्ली सेवा समाज दोहा कतारको दोस्रो बार्षिक साधारण सभा समेत औपचारिक रुपमा सम्पन्न भएको छ ।

यस सस्थाका संस्थापक अध्यक्ष बल बहादुर रोकायालाई बिदाई गर्दै नव चयन भएको कार्यसमितिलाई स्वागत गरिएको छ । जसको उपाध्यक्षमा रुपक सिंजाली , कोषाध्यक्ष बल बहादुर जिसि, सचिवमा कमल थापा , सह–सचिव तिलक नेपाली र  बरिष्ठ सल्लाहकार गोबिन्द नेपाली चयन भएका छन ।

खस जुम्ली सेवा समाज दोहा कतारले ९ सय बचत बाट सूरु  गरेको  सचिव कमल थापाले बताए । उनले भने अहिले  यस संस्थामा बचत२७८०० पुगेको छ । त्यस्तै नव निर्वाचित अध्यक्ष देवराज आचार्यले खस जुम्ली सेवा समाज दोहा कतार दूतावास संस्थाको रुपमा दर्ता गर्ने बताए ।पछिल्लो समयमा जुम्ली सेवा समाज दोहा कतार जुम्ला बासीको सुखदुखको सारथी बन्दै गएको छ ।

यस अघि जुम्ली सेवा समाज दोहा कतारले जुम्लाका अग्निपिडितलाई राहत वितरण गरिएको थियो । कतारमा बस्ने जुम्ली यूवाहरुले आफ्नो खर्च कटाएर जुम्ला बासीको लागी पटकपटक गरेको सेवा प्रंशसा जन्य  छ । कतारमा बस्ने जुम्ली यूवाले आफ्नो श्रमले संञ्चालन गरेको यो संस्था सेवामुखि र जनमुखि बनाउने खस जुम्ली सेवा समाज दोहा कतारले प्रतिबद्धता गरेको छ ।

“खस जुम्ली सेवा समाज“ दोहा कतारको दोस्रो साधारण सभाको अवसरमा यस संस्थाको आयब्याय बचत तथा ऋण लगानी ब्याज आन्दानी खर्च सबैको विवरण सार्बजनिक समेत गरेको खस जुम्ली सेवा समाज दोहा कतारका सचिब कमल बहादुर थापाले बताए । उनले यस संस्थालाई आगामी दिनहरुमा माथी उकास्नका लागी थप आर्थिक, भौतिक र सामाजिक हिसाबले निरन्तर दिने बताए । उनले संस्थाका संचालका लागी सहयोग गर्ने सम्पुर्णलाई हृदय देखि आभार व्यक्त गरे ।

सम्बन्धित समाचार