नारकीय जीवन बिताउन बाध्य महिला

जुम्ला ः घरेलु यातानाले सीमा नाघेपछि मानसिक रोगी हुन्छिन् महिला । महिला बिरामी परेपछि श्रीमानले वास्था गर्न छोडिदिन्छन । आमाबाबा नभएकी छोरीलाइ माइतीमा पनि दाजुभाउजूहरूले खासै वास्ता गर्दैनन ।
लामो समय मानसिक समस्याले ग्रसित अलपत्र परेकी जुम्लाकी लाहुरी रावल झण्डै एक दर्शक देखि सडकको बास छ । अमानवीय घटनाको सिकार छिन । न उनीसँग कपडा थियो न त खुट्टामा जुता छ । उनको गलामा केवल एक रुद्धरासिको माला थियो । उनी घर न घाटको भएकी छन ।

मानसिक रूपमा पनि विक्षिप्त छन । महिलालाई हिंसारहित सुरक्षित वातावरणमा स्वतन्त्र र आत्मसम्मानपूर्वक बाँच्न पाउने प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो ।तर, यथार्थमा महिलाले अहिले पनि दोस्रो दर्जाको नागरिक सरह भूमिकामा रहनु परेको छ । अहिलेसम्म पनि उनीहरूमाथि मानवीय व्यवहार भएको छैन । घरदेखि सार्वजनिकस्थलमा समेत बढिरहेका हिंसाका घटनाले महिलाको शारीरिक, मानसिक स्वास्थ्यका साथै आत्मसम्मान र समाजमा पनि प्रत्यक्ष असर पारेको छ । यस्ता हिंसात्मक घटनाले मानव समाजलाई नै कलंकित बनाएको अवस्था छ । जन्मेको घरबाट ‘मारे पाप पाले पुण्य’ भनेर छोरीलाई पराईको जिम्मा लगाइन्छ । तर जिम्मा लागाइएकाहरूबाट छोरीहरू दिनहुँ विभिन्न खाले यातना सहेर दर्दनाक जीवन यापन गर्न बाध्य छन् ।

जसका लागी कानुन बन्यो उसैलाई थाहा छैनन
नेपालमा मानसिक स्वास्थ्य नीति २०५२ सालमा बनेको थियो तर मानसिक स्वास्थ्य कार्यक्रमले नेपालको राष्ट्रिय स्वास्थ्य एजेन्डामा त्यति प्राथमिकता पाएको देखिँदैन । स्वास्थ्य मन्त्रालयले २०७१ मा नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजनामा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्षेत्रहरू तोकिनुको साथै कार्यान्वयनको तहमा ल्याएको छ । यसको अतिरिक्त नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७२–२०७७ ले पनि मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अंगको रूपमा समावेश गर्दै आधारभूत स्वास्थ्य सेवा सूचीमा इपिलिप्सि, स्किजोप्रेनिया, बाइपोलार डिसअर्डर र एन्जाइटी डिसअर्डरलाई समावेश गर्दै त्यसको निशुल्क उपचार तथा मनोविमर्श सेवा प्रदान गर्ने व्यवस्था समेत गरिएको अवस्था छ । यस्ता व्यवस्थाहरू नीतिमा मात्र सीमित भइदिँदा मानसिक स्वास्थ्य अझ जटिल बन्दै गएको छ ।

रावल जस्ता दर्जनौ महिला आज पनि नारकीय जीवन बिताउन बाध्य छन् । अनेकन् कारणले चरम यातना खेप्ने कतिपय महिलाहरू सामाजिक कारणले खुल्न पनि सक्दैनन् । अबका दिनमा घरछेउमा आएका स्थानीय सरकार र सरोकारवालाहरूले महिला हिंसाका सवालमा नीतिगत व्यवस्थालाई मध्यनजर गर्दै आफ्ना गतिविधि संचालन गर्नुपर्ने देखिन्छ ।
महिलालाई आधा आकाश , धर्ति माता , जननीकर्ता , श्रीष्टिकता भनेर बिभिन्न रुपमा परिभाषित गरिएको पाइन्छ । यति मात्रै होइन रहेकले हाम्रा लागि आकाश र धर्ती भनेकै मेरी आमा हुन्. भनेर भन्ने गरेको पनि सुनिन्छ ,तर बिडम्बना हाम्रो समाज यिआमा सडकमा वर्षौ सम्म भौतारिदा रमित बन्ने गरेको हुन्छ । सरकारले महिलाका लागी धेरै कानुन बनाएको छ , तर यि कानुन जसका लागी बनेका हुन ,उसैलाई थाहा छैन । मानसिक समस्या भएका कारण “घरमा बस्न नमान्ने, सधै सडकमा डुल्ने, कठ्यांग्रिदो चिसोमा बस्ने,लाई उद्धार गर्नु स्थानीय सरकारको दायित्व भएको तातोपानी गाउपालिका अध्यक्ष नबराज न्यौपानेले बताए ।

एउटी महिला मानसिक सन्तुलन गुमाएर घरबाट निस्किसकेको एक दर्शक भइसकेको हुन्छ । उसको घर परिवार कोही छन छ्रैनन भन्ने कुराको कुनै अत्तोपतो हुदैन ।त्यस्तै महिला समाजका नरपिपासुहरू बाट पटक–पटक बलात्कृत हुन्छन । उसको अस्मिता पलपलमा लुटिएको हुन्छ। उनको लागी लागि धेरै गर्न नसकिए पनि कम्तीमा पनि मिठो निन्द्रा, एक गाँस खाना र अस्मिता लुटिनबाट जोगाउनका लागि स्थानीय सरकारले काम गर्नु पर्ने हो । सबै भन्दा नजिक स्थानीय सरकार छ अझै भन्नेहो भने उपाध्याक्ष महिला पनि छन । तर स्थानीयतहमा महिला जनप्रतिनिधि हुदा जुम्लाका महिला कति सडकमा छन त कति महिलाका बास सडकमा छन।
कुनै महिला सडकमा बेवारिसे अवस्थामा भेटिएको खण्डमा स्थानीय सरकार उद्धारको लागी लागेको देखिदैन । त्यस्ता महिलाको न्यायको लागी पत्रकार ,प्रहरी , प्रशासन गुहारनु पर्छ । आफै उद्धार गरेको पाइन्दैन । शुक्रबार प्रहरी र प्रशासन कार्यालय र चन्दननाथ नगरपालिकाको महिला शाखामा कार्यरत्त पूस्पा थापाको सहयोगमा एउटा मानसिक समस्या भएकी महिलालाई उद्धारको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ओसिएमसीमा राखिएको छ ।
प्रमुख जिल्ल अधिकारी बिजया कुमारी प्रसाइले भनिन् स्थानीय सरकारले ‘आफ्ना लागि नभएर समाजका असुरक्षित दिदीबहिनीको जीवन रक्षाका लागि सहयोग हुनुपर्ने हो । त्यस्तो हुन सकेको छैन,’ उनले भनिन्, ‘असुरक्षित दिदीबहिनीको रक्षा गर्ने प्रत्यक नागरिकको कर्तव्य हो । प्रअिज प्रसाइले मानसिक समस्या भएकी रावललाई तत्काल कर्णाली प्रदेशको मानबसेवा आश्रममा पठाउका लागी पहल गर्ने बताइन ।

जुम्लामा दिर्घकलिन आश्रमको खोजी गर्न आश्यक छ
पछिल्लो समयमा जुम्ला संडक संञ्जाल संग जोडीय पछि मानसिक रोगीको सङ्ख्या बढ्दो अवस्थामा छ । कर्णाली प्रदेशमा पनि यो रोगीको सङ्ख्यामा कमी छैन । नागरिकमा मानसिक रोग बढ्दै जाँदा समाज विकासमा त्यसको प्रत्यक्ष असर पर्न थालेको छ ।

मानसिक रोगको बेलैमा उपचार सेवा प्रवाह नहुँदा यो आत्महत्यामा रुपान्तरण हुने गरेको छ । यद्यपि यो रोग प्रत्यक्ष परोक्षरुपमा मुलुक विकासको बाधक बनिरहेकोप्रति सरोकारवालाको ध्यान गएको पाइदैन ।
मानसिक रोग, यसले पार्ने असर र समाधानका बारेमा तीनै तहका सरकार गम्भीरताका साथ लाग्नुपर्ने मानसिक स्वास्थ्य तथा परामर्श कर्ता नन्दराज आचार्यले बताए । उनले भने ,“मानसिक रोगकै कारण आत्महत्याका घटना बढिरहेका छन । उनले घरेलु तथा लैङ्गिक हिंसा, बालविवाह, वेरोजगारी, वैदेशिक रोजागर, गरीबी, अशिक्षा, जातीय एवं लैङ्गिक विभेद्, सामाजिक सञ्जालको प्रयोगले समेत मानसिक रोगी बढेको बताए।परामर्शकता आचार्यले अ भने, “समाज सचेत हुन जरुरी छ र सरकारले यस कुरामा गम्भीर चासो लिएर अघि बढ्नुपर्दछ

त्यसका लागि स्थानीयदेखि केन्द्रीय सरकारले प्रत्येक गाउँपालिकामा मनोपरामर्शकर्ताको व्यवस्था गर्नुको साथै मुलुकको दिगो विकासको लक्ष्य प्राप्तिका लागि नीतिगत तहबाटै यो रोगको समाधान खोजिनुपर्दछ ।”
मानसिक रोगबाट बढिजसो किशोरकिशोरी, महिला र गरीबहरु नै ग्रसित रहेको बताइएको छ । गरिनुपर्ने छ
मानसिक रोगबाट बढिजसो किशोरकिशोरी, महिला र गरीबहरु नै ग्रसित रहेको बताइएको छ । यो रोगको न्यूनीकरणका लागि वडास्तर, विद्यालय क्षेत्र र किशोरकिशोरी माझ जनचेतनामूलक कार्यक्रम गरिनुपर्ने नेपाल पत्रकार महसंघका अध्यक्ष नेत्रबहादुर शाही बताउछन् ।

 

सम्बन्धित समाचार