जुम्लामा सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड

जुम्ला ः जुम्लामा सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो आग्रह गरेको हो ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जुम्लाका नागरिकलाई सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने छ । जिल्ला प्रशासनमा सेवा लिन आउने सेवा ग्रहीलाई शुक्रबारबाट खोप कार्ड हेर्ने गरिएको छ । त्यस्तै जिल्लाका सबै सेवाप्रबहा कार्यालयले माघ साते गते देखी यो नियम अनिबार्य गर्नु पर्ने छ । सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै उपस्थित हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् ।

अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, सार्वजनिकस्थलमा २५ जनाबढी भेला हुन गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्ने निर्णय गरिएको प्रजिअ प्रसाईंले बताइन् । “७ माघ देखि लागू हुने गरी सार्वजनिकस्थल, कार्यालय, होटल, रेस्टुरेण्ट, सार्वजनिक यातायात र बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्दा अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ”, प्रजिअ प्रसाईँले भनिन् ।

त्यस्तै जिल्ला प्रशासनले माघ दुइगते बिहाना ९ बजे आआफ्नो कार्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भुकम्पीय सचेतना ., सुरक्षित संरचना भन्ने मुल नाराका साथ २४औ राष्टिय भुकम्प सुरक्षा दिवस मनाउने निर्णय गरेको छ । जिल्ला स्थित गैसस स्थानीयतह नागरिक समाजबाट भुकम्प तथा कोभिड सम्बन्धी सन्देशमुलक ब्यानर, पम्पेलेट , जस्ता सामाग्री तयार पारी प्रचार प्रसारको लागी बजारको चोकहरुमा प्रदशनी गर्ने निर्णय गरिएको छ ।


error: Alert: Content is protected !!