दौडमा एसियामै कीर्तिमानी राख्न सफल कर्णालीकी अल्ट्रा धाविका सुनमाया…

कर्णालीकी सुनमाया बुढाले केही समय अघि थाईल्याण्डमा सम्पन्न थाईल्याण्ड बाई युटिएमबी ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिला तर्फ प्रथम भएकी र पुरुष–महिला तर्फको समर्ग खेलमा तेस्रो स्थान हासिल गरेकी हुन् ।

उनलाई कर्णाली प्रदेश सरकारले स्वागत तथा सम्मान गरेको छ । थाईल्याण्डको च्याङ्ग माइमा भएको खेलमा एसियामा सबैभन्दा ठूलो ‘ट्रेल रेस’को रुपमा सञ्चालित छ । त्यहीको आयोजनामा गरिएको उक्त खेलमा  सुनमाया महिला विधातर्फ ११० किलोमिटर लामो ‘ट्रेल रेस’मा प्रथम भएकी थिइन् ।

सुनमायाले ११० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनट एक सेकण्डमा पुरा गरेकी थिइन् । नेपालकी चर्चित अल्ट्रा म्याराथन धाविका मिरा राईले १७ घण्टा १२ मिनट ४८ सेकेण्डको समय लगाएकी थिइन् । सुनमायाले राई भन्दा निर्धारित दूरी दुई घण्टा अगावै पुरा गरेकी थिइन् ।

महिलातर्फ नेपालकी मिरा राई दोस्रो भईन् भने थाईल्याण्डकी फिचामोन राक्साकुल तेस्रो भएकी थिइन् । कर्णालीको जुम्लाकी धावक सुनमायाको यो जितसँगै उनको राष्ट्रियदेखि अन्तराष्ट्रियस्तरमा चर्चा भइरहेको छ ।

जुम्ला जिल्लाको विकट ठाउँ पातरासी गाउँपालिकाको पेरे गाउँमा जन्मिएकी सुनमाया उमेरले अहिले २३ बर्षकी मात्र भइन् । सामान्यतयः जुम्ला जस्तो दुर्गम क्षेत्रबाट थाइल्याण्डसम्मको यात्रा गर्दा सहजत उनका लागि पक्कै थिएन नै । तर पनि उनले हिम्मत गरिन् । दौडलाई नै उनले करिअर बनायर अघि बढीन् ।

यसअघिपनि थुप्रै देशहरुमा सहभागी बनेर दौड गरिसकेकी उनी ‘अल्ट्रा रेस’ प्रतियोगितामा भाग लिँदै गर्दा निकै ‘एक्साइटेड’ थिइन् । तर मनमा सङ्कोच उस्तै । जुम्लाका ती उच्च पहाडी भेगहरुमा उकाली–ओराली गरेकी उनलाई जसरी पनि यो प्रतियोगिता जित्नुपर्छ भन्ने लाग्थ्यो ।

उनी सम्झिन्छिन्,‘११० किलोमिटरको दुरी बिहान ८ बजेदेखिे बेलुकी ११ बज्नै लाग्दामा  पुरा गरेकी थिएँ। जुन दौड नै जिन्दगीको एउटा ठुलो उपलब्धि बनिदियो ।’ कहिलै लागेको थिएन की यसरी अन्तराष्ट्रिय स्तरमा नाम बन्ला भनेर,’उनी भन्छिन्, यो भन्दा अगाडी मलाई जुम्लामा हरी रोकाया  (हरी रोकाया अल्ट्रामा विश्व कीर्तिमान) गुरुले टेर्निङ् दिनुहुन्थ्यो। अहिले म ‘नर्थ फेस एडभेन्चर’ टिममा जोडिएको छु । यो संस्थाले ‘ट्रेल रनिङ’ र अन्य साहसिक खेलमा अनेकौं सफलता हासिल गरिसकेकोछ ।

समूहमा विश्वस्तस्तर क्षमता भएका विभिन्न मुलुकका साहसिक खेलाडीलाई अनुबन्ध गरी प्रशिक्षण दिइन्छ र प्रसिद्ध ‘अल्ट्रा ट्रेल’ दौडलगायत अन्य साहसिक खेलमा सहभागी गराइन्छ । खेलाडीलाई प्रशिक्षण, पोषण तत्व, खेल सामग्री तथा केही आर्थिक सहायतासमेत दिइन्छ। उहाँहरुले नै मलाई सबैखाले तालिमहरु दिनुहुन्छ।’

सुनमाया अलि भावुक हुँदै सुनाउँछिन्,‘नेपाल भन्दा त्यहाँ खाना, हावापानीहरु फरक हुन्छ। त्यतिबेला हामीलाई गाह्रो हुन्छ । त्यहाँ हामीलाई सहयोग गर्ने मान्छे हुँनुहुन्थ्यो । उहाँले  सपोर्ट गर्नुहुन्थ्यो । यो रेसको बीचमा १४ वटा चेक ‘प्वाइँन्टहरु’ थिए । त्यहाँ पानी, खानेकुराहरु राखिएको हुन्थ्यो । एक मिनेटमा खोकुराहरु खायर सकाउनुपथ्र्यो । यात्रामा उकालो–ओरालो जंगल, खोलानालाहरु समेत थिए । कतिखेर सानो–सानो बाटोहरु, खोलाहरु तर्नुपथ्र्यो । जुताहरु भिज्थे ।’
सुनमायालाई सबैभन्दा गाह्रो त रातको समयमा भएको डौड लाग्यो। त्यहाँको ‘नेश्नल’पार्क भित्र धेरै जंगल थियो । टर्च लगायर दौडिनुपथ्र्यो। तरपनि उनले त्यो दौडलाई जितेरनै छाडीन् । सुनमाया कर्णालीको भू–गोल र त्यहाँको भू–गोलमा भिन्नता रहेको बताउँछिन् । म जुम्लामा ‘हाईअल्चिच्युट’मा दौड गर्थे । निकै गाह्रो हुन्थ्यो ।  तर त्यहाँ अलि ‘लो लेवल’को भू–गोलमा दौड गर्दा केही सहज भने हुन्थ्यो,’उनी भन्छिन्,‘ अन्य उकालो–ओरालो, जंगल त उस्तै हो । महिले कहिलै सोचेकै थिएनकी महिले यतिठुलो गेम जित्छु भनेर ।’

उनले यो खेलमा लागि नौ महिना तालिम गरेको सुनाइन् । मलाई ‘नर्थ फेस एडभेन्चर’ टिमबाट रेगुलतर तालिम दिनुभएको थियो,’सुनमायाले भनिन्,‘अर्कोतर्फ उहाँहरुले आफुलाई एक बर्षमका लागि अनुबन्ध गर्नुभएको थियो । त्यसैले महिले यो गेम जित्नुनै थियो । किनकी महिले हारे भने त टिमबाट आउट हुन्छु । जितेभने म पुनः अनुबन्ध हुन्छु भन्ने लाग्थ्यो। त्यसैले महिले निकै मेहनत गरेको थिएँ । दौडा गर्दा झोलामा पानीका बोतलहरु राखेका हुन्छौं।’

सम्बन्धित समाचार