जुम्लामा संञ्चालित यतायातको भाडादर निर्धारण

जुम्ला ः जुम्लामा यातायातको भाडादर निर्धारण गरिएको छ । जुम्लामा गुड्ने साना तथा ठुला यात्रुवाहक सवारीको भाडादर निर्धारण गरेको हो । लामो तथा छोटो दुरीका सवारीको भाडादर कार्यान्वयनका लागि यातायात व्यवस्था सेवा कार्यालय, प्रहरी प्रशासन ,नागरिक समाज, राजनीतिक दल र यातायात व्यवसायीबीच छलफल गरिएको छ । जुम्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीले मनोमानी भाडा लिएको जनगुनासो बढेपछि सरकारले तोकेको भाडादर निर्धारण र कार्यान्वयनका लागि प्रशासनमा छलफल भएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले सरकारले निर्धारण गरेको भाडादर यथाशीघ्र कार्यान्वयन आग्रह गरिन । उनले भनिन,“प्रत्येक यात्रुवाहक सवारीमा भाडादर अनिवार्य टाँसिएको हुनुपर्छ । सर्वसाधारणबाट व्यापक गुनासो आएको छ ।

सवारी साधनले मनपरी भाडा बढाउने गरेकोले नगरिकले सास्ती पाएका छन । कुनै समन्वय नगर्ने,यात्रुले सास्ती पाउने समस्या बढेकोले यथाशीघ्र सरकारी भाडादर कार्यान्वयन गर्नुको विकल्प छैन ।”
प्रजिअ प्रसाइले यातायात व्यवसायीका आफ्नै समस्या भएपनि नागरिकलाई सेवा दिने सवालमा व्यवसायलाई नाफामुखी मात्र नभई सेवामुखी बनाउन समेत आग्रह गरेकी हुन ।
भाडादर किमीका आधारमा निर्धारण
यातायात व्यवस्था कार्यालयले लामो दुरीमा किमीका आधारमा जुम्लादेखि मान्मा बसमा ४४०, मिनिबसमा ५४० र जिपमा ६३५ रुपैयाँ, जुम्लादेखि सुर्खेत बसमा ८४०, मिनिबसमा एक हजार ३० र जिपमा १२ सय ९ रुपैयाँ र जुम्लादेखि काठमाडौँ सम्म १२ सय ८३ बस भाडा निर्धारण गरिएको छ ।
त्यस्तै, छोटो दुरीमा जुम्लादेखि उम्गाड, बस २७ जिप भ्यान ४० रुपैयाँ, जुम्लादेखि लाम्रा सम्म बस ४४ र जिप भ्यान ६४ रुपैयाँ, जुम्लादेखि तातोपानी बसको ६५ र जिप भ्यान ९६, जुम्लादेखि कुडारी सम्म बसमा १०८ र जिप भ्यानमा १६० रुपैयाँ, जुम्लादेखि रारालिहि सम्म बसको १३५ र जिप भ्यानको २ सय र जुम्ला बजारदेखि नाग्म सम्म बसको १७३ र जिप भ्यानको २५६ रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।

त्यस्तै जुम्ला देखी मुगुगमगडी सम्म १सय २८ किमि जिपको भाडा १५०० तोकिएको छ । जुम्ला देखी उर्थु ५ किमिमा बसको भडा ५० रुपैया उर्थु देखी लासी बजार सम्म ९ किलोमिटरको भाडा ९० रुपैया तोकिएको छ । त्यस्तै जुम्ला देखी गडीगाउ सम्म२२ किलोमिटरको भाडा २२० रुपैया तोकिएको छ । जुम्ला बजार देखी मणिसाँघु सम्म २५ किमिको ३सय ७५ , मणिसाँघु देखी चोत्रा ८ किमिको भाडा १सय २० रुपैया बसको भाडा निर्धारण गरिएको छ ।

त्यस्तै बड्की देखी गुठीज्युला सम्म २० किमि बसको भडा १सय ९०रुपैया र जिपको भाडा २सय ४० रहेको छ । त्यस्तै गोठीज्युला देखी बुलभुले सम्म २६ किमिको बसको भाडा २सय ५० र जिपको भाडा ३सय तोकिएको छ । त्यस्तै बुलभुले देखी गम्गडी सम्म ३५ किमिको बसको भडा ३सय ३० र जिपको भडा ४ सय निर्धारण गरिएको छ ।

यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोक बहादुर महतले बताए । उनका अनुासर छोटो दुरीमा चल्ने अटो रिक्साको कममा ४० देखि बढीमा ७० सम्म जुम्लादेखि नाग्म सम्मको भाडा तोकिएको छ । त्यस्तै, कच्ची सडकको पनि दुरीअनुसार भाडा निर्धारण गरिएको छ।

त्यस्तै जुम्लाका नागरिक अगुवा, राजनीतिक दल, प्रहरी प्रशासन र यातायात व्यवस्था कार्यालयले आफु मर्कामा नपर्ने गरी अनिवार्य सरकारले निर्धारण गरेको भाडादर कायम गर्न सुझाव दिएका छन् । नेकपा एमाले अध्यक्ष शान्तीलाल महत, माओवादी केन्द्रका विष्णु महत र एकिकृत समाजवादीका सचिव आदीप्रसाद न्यौपाने, नागरिक अगुवा राज बहादुर महतले निर्धारण गरिएको भाडा दर कायम गर्न यातायात व्यवसायीको ध्यानाकर्षण गराएका छन् ।
भाडा नघटाउने यातायात व्यवसायीको अडान कायमै
याता यातायात ब्यवसायिकले सरकारले निर्धारण गरेको भाडादर तत्काल कार्यान्वयन नहुने बताएका छन । उनीहरुले इन्धनको मूल्य दैनिक बढ्दै गएको अवस्थामा भाडा घटाएर व्यवसाय धरापमा पार्ने गरी सेवा दिन नसकिने अडान गरेका हुन । तिला कर्णाली यातायात प्रालीका इन्चार्ज इन्द्र थापाले तेलको मूल्य नघटी, पाट पुर्जाको मूल्य नघटी, मेकानिकल खर्च नघटे सम्म भाडा घटाउने स्थिति नरहेको बताए ।

उनले भने,“विगतमा छोटो लामो दुरीमा कममा ६० रुपैयाँ देखि बढीमा १५ सय सम्म पनि लिएका हौ । तर अहिले दैनिक डिजेल पेट्रोलको मूल्य बढ्दै जान थाल्यो । त्यसरी नै पाट पुर्जाको मूल्य बढेको छ । कसरी भाडा घटाउने ? इन्धनको मूल्य घटाउन, पार्टपुर्जाको मूल्य घटाउन तर्फ सरकारले ध्यान दिए निर्धारण गरिएको भाडा लागु गर्न तयार छौ ।”
घर जग्गा धितो राखेर नागरिकका सेवाका लागि गाडी सञ्चालन गरे पनि सरकारले व्यवसायीका पिर मर्कालाई नबुझेर लाद्न खोजेको समेत यातायात व्यवसायी थापाको गुनासो छ ।

त्यस्तै जुम्लामा काँक्रेविहार यातायात प्राली, भैरवनाथ यातायात प्राली, देउती यातायात प्राली, सनराइज यातायात प्राली लगायत झण्डै १ दर्जन यातायात प्राली रहेका छन् । सबै यातायात व्यवसायीको भाडादरमा एक रुपता छैन ।
व्यवसायीका समस्यालाई नजरअन्दाज गर्दै भाडादर कार्यान्वयन गर भन्नु व्यवसायबाट सिधै हात धुनु हो । सेवा सँगै नाफा बिनाको व्यवसाय नहुने भएकोले निर्धारण गरिएको भाडा तत्काल लागु गर्न नसकिने सनराइज यातायातका इन्चार्ज दीप रावतको भनाइ छ ।

यस अघि पनी सरोकारवालाले छलफलगरी भाडादर निर्धारण गरिएको थियो । यस पटक इन्धनको मुल्य बढेको बहाना बनाए पनि जुम्लाको याताया ब्यवसायिकले सरकारले तोकेको भाडार यस अघि पनी कायम गरेका थिएनन् । भने अर्को तर्फ सिटक्षामता भन्दा बढी यात्रु हालेका कारण नागरिकहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य छन ।

 

 

सम्बन्धित समाचार