स्याउ ओखर विकास वोर्ड गठन गर्न माग

जुम्ला ः राष्ट्रिय बजारमा कर्णाली अर्थात जुम्लालाई स्याउ,ओखरले चिनाएको छ । कर्णाली प्रदेशको जुम्ला,कालिकोट, डोल्पा र मुगु जिल्लामा स्याउ र ओखर प्रयाप्त मात्रामा उत्पादन हुने गर्दछ । कर्णालीमा उत्पादित स्याउ ओखर बजारकरण व्यवस्थापनका लागि कर्णालीका कृषकले स्याउ ओखर विकास बोर्ड गठन गर्न माग गरेका छन् । कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री जीवनबहादुर शाही र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही समक्ष स्याउ ओखर विकास बोर्ड गठन गर्न माग पत्र पेश गरेका हुन् ।

त्यस्तै तिला गाउँपालिका ८ का वडाध्यक्ष सन्तविर रावतका अनुसार कर्णाली प्रदेश हिमाली जिल्ला जुम्ला, डोल्पा, हुम्ला, मुगु र कालिकोटमा स्याउ ओखर उत्पादन हुन्छन् । यिनै उत्पादित कृषि जन्यबस्तुले उपयूक्त मुल्य पाउने गरेका छैनन् । उनले भने यिनै उत्पादिन बस्तुलाई बजारीकरण गर्नका लागि कर्णाली प्रदेश सरकारसँग स्याउ ओखर विकास बोर्ड गठन गर्न माग गरेका हौँ।
कर्णालीमा उत्पादित स्याउ ओखर बजारीकरण गर्नका लागि कर्णालीमा स्याउ ओखर विकास बोर्ड गठन गर्न आवश्यक रहेको कर्णाली प्रदेशका पुर्व अन्तरिकमामिला तथा कानुन मन्त्रि तथा सांसद नरेश भण्डारीले बताए । उनले भने कृषि जन्यबस्तुको व्यवस्थापन र बजारीकरण नहुदा सिजनमै न्यून मुल्यमा स्याउ ओखर विक्रीविरण गर्नुपर्ने कृषकका बाध्यता छन् । यसको व्यवस्थापन र बजारीकरणका लागि कर्णाली प्रदेश सरकारले स्याउ ओखर विकास बोर्ड गठन गर्न आवश्यकता रहेको छ ।

नेपालका ठुला सहर बजारमा अन्य जिल्लाको स्याउलाई जुम्लाको स्याउ हो भन्दै विक्री वितरण गर्ने गरेको पाइन्छ । तर जुम्लामा भने पुस महिनाको अन्तिमे साता स्याउ पाउने गरेको छैन । यहाँ उत्पादन भएको स्याउ भदौ असोजमा विक्री वितरण गरेपछि उत्पादन हुने भुमि जुम्लामै स्याउ पाउन छोडेको हो ।

कृषि विकास कार्यालयको तथ्यांकअनुसार २०७६ मा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । त्यस्तै २०७७ सालमा दोब्बरले घटेर ६ हजार २ सय १० मेट्रिक टनमात्रै उत्पादन भयो भने यो वर्ष चार गुणाले घटेर ६ हजार १ सय ६० मेट्रिक टनमात्रै उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।

गत वर्षभन्दा यस वर्ष १ प्रतिशतले स्याउ उत्पादन घटेको छ भने, आशातित उत्पादन १९ प्रतिशतले घटेको छ । गत वैशाख १६ र १८ गते र जेठको ३ र ४ गते असिना आउँदा जुम्ली स्याउ उत्पादनमा ठूलो गिरावट आएको हो । उनले भने, “सिँचाइ अभाव र मौसम परिवर्तनले उत्पादन घट्दै गएको हो । समयमा पानी नपर्नु, उत्तरी मोहोडाका स्याउमा सिँचाइ अभाव हुनु र स्याउमा पछिल्लो समय किराको प्रकोप बढ्नु, उचित बगैचा व्यवस्थापन नहुनुलगायत कारण उत्पादन घटेको हो ।”
जम्मा उत्पादन भएको १० हजार ५ सय टनमध्ये ६० प्रतिशत निर्यात भइसकेको छ भने ४० प्रतिशतमात्रै जिल्लामा रहेको प्रमुख अधिकारीको भनाइ छ । स्याउ उत्पादन बढाउन बगैचा व्यवस्थापनदेखि, मलजल, सिँचाइमा ध्यान पु¥याउन आवश्यक छ ।
जुम्लामा करिब १७ हजार घरधुरी स्याउखेतीमा निर्भर छन् भने यहाँको १० हजार हेक्टरमा स्याउखेती हुने अनुमान छ । तर हाल ३ हजार ८ सय हेक्टरमा मात्रै खेती भए पनि १ हजार ५ सय हेक्टरमा मात्रै उत्पादन भइरहेको छ ।

 

 


error: Alert: Content is protected !!