अखाद्य बस्तुको बिक्रिबितरण रोक्न बजार अनुगमन


जुम्ला ः बिहिबार जुम्ला बजार अनुगमन गरिएको छ । अखाद्य बस्तुको बिक्रिवितरण रोक्नका लागी जुम्ला बजार अनुगमन गरिएको हो । उद्योग तथा उपभोता हकहित संरक्षण कार्यालय जुम्लाको आयोजनामा बजारमा म्याद गुज्रिएका सामान जफत गरिएको हो ।

उद्योग तथा उपभोता हकहित संरक्षण कार्यालय जुम्लाको आयोजनामा जुम्लाको कालीखोली र मुख्य बजारमा रहेका ३२ वटा खुद्रा पसल अनुगमन गरिएको छ । जुम्लाका साहयक प्रमुख जिल्ला प्रमिला रिजालले बजार अनुगनलाई कुनै चाडपर्वलाइ लक्षित गरीमात्रै नभइ प्रत्येक महिनाको एक पटक आवश्य रहेको बताइन । उनले भनिन् खुद्रा पसल अनुगमनको क्रममा सबै भन्दा बढी बालबालिकाले खान समान म्याद गुज्रिएका भेटिएकाले यसलाई गम्भिरताका साथ हेर्न आबश्यक रहेको बताइन ।जुम्लाका पटकपटक अनुगमन गर्दा समेत ठूलो मात्रामा म्याद गुज्रिएका सामानहरू बिक्री वितरण इरहेकोले अनुगमनलाई तीव्रता दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्राविधिक साहयक भरत रोकायाले बताए । उनले भने, अनुगमनका क्रममा धेरै पसलहरू म्याद गुज्रिएका सामग्रीहरू जफत गरिएको छ ।

बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अस्वस्थ खाद्य वस्तुको बिक्री वितरण गर्ने गुनासाहरू आउन नदिनका लागी बजार अनुगमन गरिएको उद्योग तथा उपभोता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए। उनले भने जुम्ला प्रशासन ,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय ,अन्तरिक राजश्वबिभाग ,उद्योगबाणिज्यसंघ ,नेपाल पत्रकार महासंघको समन्वयमा अनुगमन गरिएको हो ।
उनका अनुसार खुद्रा पसल, खाद्य पसलहरूमा समेत अनुगमन गरिएको छ । अनुगमनका क्रममा वेसन, बिस्कुट, सुर्ती, क्यान जुस, मिठाई, कोकाकोलालागयतका म्याथ गुज्रिएका वस्तु नष्ट गरिएको छ । बिहिबार गरिएका बजार क्षेत्रको अनुगमनबाट ३८ हजार ८ सय ५रुपैयाको म्याद गुज्रिएका अखाद्य वस्तु नस्ट गरिएको छ ।
मनोमानी गर्ने पसललाई जरिवाना

 

त्यस्तै जुम्लाका दुइ वट पसल जरीवाना तोकिएको छ । महारुद्ध महादेव जनरलस्टोर र प्रतिभा जनरलस्टोर लाई जरिवाना अन्तरिक राजश्वबिभाग कार्यालय जुम्लाले १० हजारका दरले जरिवाना तोकिएको हो । यि पसलले मनोमानी रुपमा नियम बिपरित बिलकाटेको भन्दै जरिवाना तोकिएको अन्तरिक राजश्वबिभाग कार्यालय जुम्लाका कर अधिकृत सतेन्द्र मोहन गरुङले बताए । उनले भने हरेक ब्यवसायलाई करको दहेरामा आउन अग्रह गर्ने गरेका छौ। अटेरी गर्नेलाई कनुनी प्रक्रियामा जानु पर्ने हुन्छ।

त्यस्तै अनुगमनको क्रममा जुम्ला बजार कुनै पनि लेबलिङ र प्याकेजिङ नगरिएका बस्तु पनि पनी बिक्रीवितरण भइरहेका छन । ढुंग्री , र मिठाइ जस्त बस्तुको म्याथ नराखीएको भेटीएको छ । जुम्लामा लामो समय देखी सस्तो लोकप्रियताका लागि मात्र अनुगमन गर्दै आएको पाइन्छ । अनुगमन पनि गरिन्छ ,सामान जफत गरी नष्ट मात्रै गरिन्छ । निर्धारित समयमा दोषिमाथि कारकाही नहुँदा आम उपभोक्ताको स्वाथ्यमा असर परिरहेको छ । ’एउटाको अनुगमन गरे अर्काको पसल बन्द गर्ने गरेको पाइन्छ ।

सम्बन्धित समाचार