मेडिकल हव बन्दै जुम्ला


जुम्ला ःजुम्ला पछिल्लो समयमा मेडिकल हव बन्न थालेको छ । पहिले स्वास्थ्यकर्मी अभावमा बाँचेको जुम्ला अहिले डाक्टरी पढाइ सुरु भएपछि मेडिकल हव बन्न थालेको हो ।गत मंशिर २६ गते एमविविएस लगायतका शैक्षिक कार्यक्रमको उद्धाटन पछि मेडिकल हव बन्दै गएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट ६ किलोमिटर टाढा च्यारे चौरमा एमविएस अध्ययन र अध्यापनका लागि दुई दर्जन भौतिक संरचना निर्माणको तयारी गरिएको उपकुलपति डाक्टर मंगल रावलले बताए ।उनले भने,“प्रतिष्ठानले एमविएस शुरु गरे पछि मेडिकल हवको रुपमा अगाडि बढाउन २३ वटा भवन निर्माण गर्ने योजना सहित अगाडि बढाईएको छ । उनले थपे,अव च्यारेलाई प्रतिष्ठानको दिर्घकालिन योजना मार्फत मेडिकल हवको रुपमा बिस्तार गरिदै छ ।
एमविविएस लगायतका शैक्षिक कार्यक्रमहरुको अध्यन अध्यापन गराउन चन्दननाथ नगरपालिका ३ का स्थानीयको सहयोगमा च्यरोचौरको जग्जगा प्रदान गरिएको निशुल्क गरिएको छ । च्यारे चौरमा एक भवन भने निमार्णधिन अवस्थामा छ । रसुवा कम्पनीले च्यारेचौरमा २३ वटा भवन बनाउने छ ।

जुम्लाको डाँफे लेक नजिक च्यारेचौरमा जुम्ला भ्यालिको अग्लो स्थान हो । सो स्थान पर्यटकीय क्षेत्रको रुपमा परितिच छ ।मेडिकल शिक्षाको अध्ययन हुने भएकोमा जुम्ला र च्यारे संसारकै रोल मोडेल मेडिकल हव हुने उक्तिकै सम्भावना छ ।
हिमाली क्षेत्र जहाँ हिउँदे सिजनमा हिउँले ढाकिरहने भागमा सेता एप्रोन लगाएका डाक्टर उत्पादन हुने रजिष्ट्रार नृपेन्द्र महतले बताए ।उनले च्यारे चौरमा रहेको पाँचसय रोपनी जग्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्थानीयले दिने सहमति भएको र तीनसय रोपनी दर्ता भईसकेको बताए ।सोही क्षेत्रमा शैक्षिक भवनहरु ठूलो मात्रामा लगाईने योजना नेपाल सरकारका समक्ष पेश गरिएको छ ।

जुम्ला सदरमुकाममा रहेको तीनसय शैयाको अस्पताल क्षेत्रमा अहिले एमविविएस लगाएतका कक्षाहरु संचालन भईरहेका छन् । बर्षेनी बिरामी संख्या बढ्दै जाने र संरचना साघुँरो हुदै गएकाले एमविविएस सहितका शैक्षिक कार्यक्रमहरु संचालन गर्न च्यारेमा ठूलो मात्रामा भौतिक संरचना निर्माण गर्न थालिएको हो ।

त्यस्तै प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाका अनुसार च्यारेमा एउटा भवन निर्माण र जुम्ला बजार अस्पताल क्षेत्र नजिक तीनवटा भवन निर्माण गर्न रसुवा कम्पनीले जिम्मा दिइएको छ । उनले भने,“पछिल्लो समय प्रतिष्ठानमा एमविविएस अध्ययन गर्न २० जना विद्यार्थीहरु भर्ना भईसकेका छन् । जुम्लामा प्रतिष्ठानको स्थापना पछि स्वास्थ्य क्षेत्रको मात्रै नभइ जुम्ला जिल्लाको परिचय बदलिएको छ ।

 


error: Alert: Content is protected !!