जुम्ला एमबिबिएस कार्यक्रम उद्धघाटन गर्न राष्ट्रपति भण्डारी जुम्लामा

जुम्ला ः राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला पुगेकी छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट आइतबार बिहान ११ः२० बजे जुम्ला पुगेकी हुन्।
उनी प्रतिष्ठानबाट ७०० मिटर टाढा सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको नन्दबक्स गणमा रहेको र त्यहाँबाट राष्ट्रपति भण्डारी पैदलै कार्यक्रमस्थल जान लागेको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले बताए । ’राष्ट्रपति भण्डारीले पहिलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस, बी फार्मा, बिएनएस, बिएमएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गुरेकी छन ,’ डा.रावलका अनुसार ’त्यसपछि ७६ करोडको लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गरिएको छ।

सम्बन्धित समाचार