कर्णालीका उर्जावान नेता महत बिधुत् र सडक बिकासको दौरानमा

नेकपा माओवादी केन्द्र जुम्लाका प्रभावशाली र उर्जावान नेताका रुपमा चिनिने महतले भने, ‘ पहिलो चरणमा शान्तिपूर्ण यो आन्दोलन हो । कर्णालीबासीले भोग्नुपरेको बिजुली समस्या समाधान हुने अपेक्षा गरिएको छ । बुधबार सडक विभाग पाटन ढोकाअघि पंञ्चेबाजा प्रदर्शन हुनेछ र मागपत्र पेस हुनेछ ।’ जसमा सुर्खेत जुम्ला कर्णाली राजमार्गका साथै नाग्म, सिँजा हुदै गमगढी जाने सडकको स्तरोन्नतीका लागि यथासिघ्र थालनी गर्न माग गरिएको छ । कर्णालीका जन्ताका समस्याको सुनुवाइ नगरे पछि काठमाण्डौको शान्ति बाटिका देखी नेपाल विधुत प्राधिकरणको कार्यालयमा मंगलबार जुम्लाबासीले फरक प्रकृतिको आन्दोलन गरेका छन । जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत सड्क छेउमा जुम्लाका पंञ्चेबाजाका नगरा सुनाएका छन ।

जुम्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगे पनि सदरमुकाम खलङ्गा बजारका आसपासका गाउँमा मात्र पुगेको छ । अझै यहाँका धेरै गाउँबस्तीमा सहजै विद्युतको प्रसारण लाइन पुग्ने सकेको छैन । देशका राजनीति दलका नेता परिवर्तन भए तर कर्णाली राजमार्गको स्तरोन्नती नभएपछि सासंद महतले । जुम्लाका केही केही यूवाहरुको साथमा प्लेकार्ड तयार गरी पंञ्चेबाजा बजाउने कार्याक्रम गरेका हुन ।

यी सबै समस्या बोकेर जुम्लाका संघीय सांसद गजेन्द्रबहादुर महतले सरकारसामु दबाबमूलक कार्यक्रम गरेका छन् । साविकको कर्णालीबाट हरेक सवालमा राज्य बेखबर भएको भन्दै देशको संघीय सांसदमा उनी निरन्तर कडारुपमा खबरदारी गर्दै आएका छन । आक्रोश पोखेर जनताको आवाज बोलिरहने सांसद महतले यो पटक फरक शैलीको आन्दोलनको स्वरुप लिएर काठमाडौं पुगेका हुन ् ।

उनी यो पहिला सांसदमा कर्णालीका जुम्ला लगायत ग्रमिण बस्तीका बिकासका लागी धेरै पछि बोले , यो पटक सांसदमा बोल्ने छैनन् । उनी स्थानीय पञ्चेबाजा र लिएर नेपाल विद्युत प्राधिकरण र सडक विभागको कार्यालय ब्युउत्याउदै छन । उनले पंञ्चेबाजा सगै पत्र लिएर उपस्थित भए ।
जुम्लाका स्थानीय बाजागाजा सहित झाँकी नाच्दै ¥याली निकालिएको थियो । काठमाण्डौमा रहेका सबै जुम्लाबासीको उपस्थित थिए । सांसद महत भन्छन गाउँगाउँसम्म बिजुली पुग्न सकेको छैन । घरघरमा बिजुलीको लाइन विस्तार गर्न, बिजुलीका मिटर, पोल, तार र ट्रान्सफर्मर यथासिघ्र व्यवस्थापन गर्न माग गरे ।
जुम्लाको पञ्चेवाजाले शान्तिावटिका रंगिन बन्यो

जुम्लाबाट आएको पञ्चेवाजाको टिमले शान्तिावटिका रंगिन बनायो । हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाही, नेकपा माओवादी केन्द्र सिञ्जाका ईन्चार्ज पूर्ण प्रसाद धिताल नेतृत्वको टिम सहित पञ्चेवाजाको टिम सँगै ४० घण्टाको जुम्ला देखी काठमाण्डौको यात्रामा सिधै शान्ति बाटिका पुगेर बिरोध कार्याक्रमा सहभागी भए ।
मंगलबार राजधानीमा भएको एक फरक प्रकृतिको कार्यक्रमले राजधानीका मानिसलाई अच्चमित बनायो ।मुख्य बजारमा शान्तिवाटिका, रत्नपार्क क्षेत्र हुदै विधिुत प्राधिकरणमा पञ्चेवाजा, प्लेकार्ड सहित सड्कमा रौनक छायो । अगाडि बाजाको टोली पछाडि जुम्लावासीको लहरले त्यहाँ खटिएको प्रहरी पनि अन्यौलमा भयो । नगरौ १५ मिनेट मुख्य सड्कको यातायात प्रभावित भयो । प्रहरीले सकेजति छेउवाट गाडि पठाउने प्रयास गरेपनि त्यहाँ पुगेका गाडि र यात्रुहरु समेत र त्यहा आसपासका सबै त्यो बाजा हेर्न ब्यस्त थिए ।

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले जुम्लामा विधुत पुग्यो तर आवश्यक व्यवस्थापन हुन नसकेको र गाउँ गाउँमा पुरयाईनुपर्ने ध्यानार्षण सहित राज्यलाई यसपटक फरक तरिकाले ध्यानाकर्षण गरे । कुनै सुनुवाइ नभएपछि कर्णालीको पञ्चेवाजा ल्याएर शान्तिवाटिका देखी विधुत प्राधिकरणको ढोका अगाडि एक ध्यानाकर्षण गराए ।
एक घण्टा सम्म ज्ञापन पत्र बुझ्न आएन् घिसिङ

सांसद महतले तयार पारेको ज्ञापन पत्र बुझाउन नेपाल विधुत प्राधिकरण गाडि बाजा बजाउदै कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रांगणमा बोलाईयो । तर एक घण्टा सम्म तल नआएपछि ज्ञापन पत्र टासेर गेट सांसद महत वाहिरिनु बहिएका थिए । नेपाल विधुत प्राधिकरण गेटमा ज्ञापन पत्र टासेर सांसद महत वाहिरिनु बहिरियपछि निर्देशक घिसिङले विधुत नियमितका लागि पहल गर्ने, भन्दै महतलाई फर्काउन आएका थिए ।कुलमान घिसिङले बिजुलीका मिटर, पोल, तार र ट्रान्सफर्मरमिटरका लागि तत्काल ठेक्का गर्ने बताएका थिए ।

सांसद महतले जुम्लामा विधुत पुरयाईनुपर्छ भन्ने हिसावले लामो संघर्ष सरकार सँग गरे । अहिले जुलामा विधुत कालिकोटबाट ११ केभीको विधुत पुगेको छ। तर पावर कम हुने समस्या पनि छ । यस्तै सांसद महतले पछिल्लो समयमा गाउँगाउँमा बत्ति पुरयाउन आवश्यक रहेको बताए ।
यस्ता छन् प्राधिकरणलाई दिएको ज्ञापन पत्रका माग
१) जिल्लाका सम्पूर्ण बस्तीहरुमा यथासिघ् विधुत प्रसारण लाईनको बिस्तार गरियोस ।
२) विधुत प्रसारण लाईन पुगेका क्षेत्रमा चाडो भन्दा चाडो आवश्यक सामग्री उपलब्ध गराईयो
३) जिल्ला भित्र अनवरत रुपमा जल प्रवाह भईरहेका नदि तथा खोलाहरुमा खेर गईरहेको जल उर्जा प्रयोमा ल्याउनका लागि नयाँ सम्भावित आयोजना क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, जिल्ला भित्रका भित्र सम्भाब्यता अध्ययन भएका आयोजनाको बृस्तृत परियोजना प्रातिवेदन तयार गर्ने, बृस्तृत परियोजना तयार भएका योजनाको यथासिघ्र निमार्ण कार्य गरियोस ।
४) ३३ केभी प्रसारण लाईन विस्तार निर्माण कार्यमा भएको ढिलाईको अन्तय गरी सिघ्र कार्य सम्पादन गरियोस ।
५) ११ केभी लाईनमा भएको भोल्टेज उतार चढाव समस्या सामाधान गरियोस ।
६) जुम्लामा भएको विधुत प्राधिकरणलाई कार्यालयलाई स्रोत साधन बनाई व्यवस्थि गरियोस ।

 

 

 

सम्बन्धित समाचार