माओवादीले ७ सय ५३ पालिकाको सम्मेलन एकै पटक , शनिबार प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शनिबार सबै ७ सय ५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ। नगर तथा गाँउपालिका सम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने छन् । शनिबार १ बजे अध्यक्ष प्रचण्डले  सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्ने छन् ।

माओवादी केन्द्रले ७ सय ५३ स्थानीय तर र माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल सात सय ७६ वटा पालिकास्तरीय सम्मेलन आयोजना गरेको हो ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ। मंसिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ। आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ।

 


error: Alert: Content is protected !!