छुइगोठमुक्त गाउ घोषणामा जुटे जुम्लाका महिला

जुम्ला ः कुरीतिका रुपमा जगडिएर रहेको छुई(छाउपडी प्रथा) अन्त्य गर्नका लागी तिलाउपालिकाले मनका गोठ भत्काउने अभियान थालेको थियो । नेपालका केही जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहँदा जुम्लाको तिला गाउपालिका र सर्वोदय नेपालले महिला र धामीझाँक्रीलाई संगै राखेर सचेत गराउर्दै मनका गोठ भत्काउने अभियान थालेको हो ।मनका गोठ भत्काएर महिनावारी हुदा गोठमा होइन सुरक्षित घरको कोठामा बस्ने अभियानमा सक्रिय बनेका थिए । उनीहरुले पहिलो चरणमा मनका गोठ भत्काएर छुइगोठदेखि घरको एक सुरक्षित कोठामा बस्न राजीभएका हुन ।

अहिले पनि छुई हुँदा महिलाले गाईबस्तुसंग बस्नु पर्ने बाध्यता छ। जसले स्वास्थ्यमा नकरात्मक प्रभाव देखिनाले समस्या हुने गरेको छ, तिलागाउपालिका एक रारालिहीँ गाउकी दुर्गा बुढाले भनिन्,‘अब स्वास्थ्य अवस्थालाई दाउमा राखेर गोठमा बस्न सकिदैन भनेर दुइ वर्ष देखी घरको एक कोठाा छुई भएको बेला बस्ने गरेकी छु । उनले भनिन यस अघिका धेरै वर्ष गोठमै बसेर बिते श्रीमानको प्ररेणाले गर्दा अब घरमै बस्छु । बुढाले छुइगोठमुक्त गाउ घोषणा भएको प्रति खुसी ब्यक्ति गरिन ।

जुम्लामा छुई हुँदा तीनदेखि ७ दिनसम्म बार्ने चलन छ। घरमा बस्दा देउता लाग्ने, चोटपटक लाग्ने, अशिनष्ट हुने जस्ता भ्रम फैलाइन्छ। त्यो भ्रम अहिले पनि छर्न खोजिदैँछ। उनले भनिन्,‘छुई एक नियमित प्रक्रिया हो। फल लाग्नको लागि फुलेको फूल जस्तै हो। महिलालाई अपहेलना गर्न गरिएको कुरीति हो भन्न बल्ल अब बुझेका छौ ।

यस अघि तिला गाउपालिकाले र सर्वोदय नेपालले गाउँमा समूह गठन गर्ने र हरेक महिनाको एक दिन छुइ गोठमुक्त अभियानका बारेमा छलफल चलाएपछि रारालिही र लिहीगाउ बुधबार छुइगोठमुक्त गाउ घोषणा गरिएको छ । सरोकारवालाहरुको सहभागीतामा कहिले धामीझाँक्री त कहिले पुरुषसंगको छलफललाई घनिभुत बनाउँदै लिएका कारण त्यहाँका महिलाहरुको मनका छाउगोठ भत्काउन तिलागाउपालिका सफल भएको हो ।

त्यस्तै यो प्रथालाई समाजबाट अन्त्य गर्ने अभियानमा जुट्न हामी सबैको सहकार्य आबश्यक छ । स्थानीय सरकार गठन भएदेखी यहाँका सामाजिक संघसंस्था मिलेर महिला तथा धामी झाँक्रीलाई चेतना फैलाउँदै गाउँलाई छुई गोठमुक्त गर्ने अभियानमा जुटेको तिला गाउँपालिकाका अअध्यक्ष रतन नाथ योगीले बताए ।उनले भने गाउँपालिकाको आयोजना तथा सर्वाेदय नेपाल जुम्लाको आर्थिक समन्वयमा महिनावारी भएको अवस्थामा छुई गोठमा नबस्ने भन्दै सामूहिक रूपमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई छुई गोठमुक्त गाउँ घोषणा गरिएको छ ।

उनले भने,“महिला र धामीझाँक्रीलाई सचेत गराउर्दै सामाजिक कुसंस्कारका रूपमा रहेको छुई प्रथालाई आजकै दिनबाट गाउँ वस्तीबाट हटाउने अभियानमा स्थानीय सरकार लागेको छ ।” यो अभियान कुनै धामीझाँक्रीका विरुद्ध नभई महिलालाई स्वास्थ्य र पोषणयुक्त खाना सहित सामाजिक तथा मानसिक हिंसाबाट बचाउने अभियान भएको अध्यक्ष योगीले बताए । सो गाउँपालिकाले रारालिही र लिही गाउ हुदै यसका छुइगोठ मुक्त हुन बाँकी रहेका गाउ सबै घोषणा गरि पालिकानै घोष्णा हुने छ ।

तिलागाउपालिका एक की कार्यपालिका सदस्य बाटु बुढाले भनिन, छुइ प्रथा महिलालाई दबाउन गरिएको कार्य हो। यो कार्य अहिलेको समाज सुहाउँदो छैन।अब हमम्रो सुरक्षाको लागि भएपनि छुइगोठमा होइन बस्न तयार भएका हौ । बुढाले भनिन , अब हामीसबै महिला घरभित्रको एक कोठामै बस्न थालेका छौ ।जुम्ला तिला गाउँपालिकाको एकदेखि नौ वडासम्म मास बैठकले छुइगोठ मुक्त गाउ घोषण गर्न सफल भएको उपाध्यक्ष बिष्णु बुढा बताइन । उनले भनिन, राज्यलेनै छाउपडी प्रथा अन्त्येका लागी निर्देशिका बनाएको छ । परम्परादेखि चलिआएको छुइ प्रथा सबै मिलेर फ्याक्नु पर्ने आश्यकता छ । उनले भनिन्,‘पहिलो चोटी गोठदेखि घर ल्याउन चाहान्छौँ। घरमा आइसकेपछि सबै कुरा हल हुने छन्।’

उनले धामीझाँक्री, सासु ससुरा, पुरुष, किशोर किशोरी सबै संगको सहकार्यले मात्रै यो सम्भव हुने बताउछिन । पहिले बस्ती, टोल, वडा हुँदै गाउँपालिका छुइगोठ मुक्त बनाउने अभियान हो उपाध्यक्ष बुढाले भनिन् । सर्बोदय नेपालसंगको सहकार्यमा तिला गाउँपालिकाले हरेक बस्तीका महिलासंग छुइ गोठ मुक्त गाउ घोषण गर्न तयारभएको छ ।यो अभियान तिलागाउपालिका मात्रै होइन जुम्लाका आठवटै ्सथानीयतहमा चलाउनु पर्ने आवश्यक छ।

छुइगोठमुक्त गाउघोषणा हुदा यहाँका संरचना बाधक बनेको स्थानीय धामी बिकम परियारले बताए । उनले भने अधिकांस घर दुई कोठाका मात्र छ। एउटा भान्सा एउटा सुत्ने कोठा। अब बन्ने संरचना अनिवार्य चार कोठाको हुनु पर्ने आश्यक छ । हामी सुरक्षित बस भनेका छौ । महिला महिनावारी भएको हामीलाई थाहा हुदैन । परियाले भने , आफै छुइ भयौ भनेर गोठमा जान्छन।आगामी दिनमा संरचना निर्माणदेखि हरेक अवरोधसंग जुध्न सक्ने संरचना निर्माणमा जोड दिने आबश्यक छ ।

विगतका वर्षभन्दा अहिले महिनावारीको समयमा गोठमा बस्ने चलन धमाधम मानसिक रूपमै भत्किन थालेको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमल खत्रीले बताए ।उनले भने सुरु सुरुमा गाउँका धामीझाँक्री र धार्मिक आस्थावान व्याक्ति हरुको तारो बनिन् छाउ हुँदा घरभित्र बसे देवीदेवता लागेर अनिष्ट हुन्छ भन्ने डरका कारण सो गाउँका अरु महिलाले पनि घरमा बस्ने आँट गर्न सकिनन् ।

तर अहिले सबै घर बस्न थालेका छन । ,“छुईगोठ मुक्त गर्न बाधक बन्ने धामीझाँक्रीलाई सम्झाई बुझाई गरि उनिहरुकै घरबाट छुई भएका महिलालाई घरमै बसाल्न थालेपछि अहिले सिंगो गाउँनै छुईगोठ मुक्त भएको उनको भनाइ छ । घरमै सुरक्षित हुने महिला गोठमा बस्दमा के हालत होलान् सबै मिलेर समाजका यस्ता कुसँस्कृति को अन्त्य हुुनु पर्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रमम गरिएको निर्देशक खत्रीले बताए ।
चिसो यममा गाई बस्तु सँगै गोठमा बस्दा निकै पिडा हुन्थ्यो अहिले घरमा बस्दा सहज भएको स्थानीय बैशागी सार्कीले बताइन ।गाउँका सबै दिदि बहिनी एकजुट भएर छुईगोठ मुक्त गर्न सफल भएका छौ । पशु सँगै गोबर र फोहोरमा बस्दा महिलाको स्वास्थ्यमा गम्भिर असर समेत पर्ने गरेको थियो । यसबाट मुत्ति पाउने भएका छौ ।