लाम्रा संबादः जुम्लीको मैलिकता झल्काउने बौद्दिक बहस


जुम्ला ः खष भाषा उत्पत्ती भएको जुम्ला । बाईसे चौविसे राज्य मध्य शक्तिशाली राज्य जुम्ला । यहाँको रितिरिवाज,सामाजिक चालचलन,रहन सहनमा आफ्नै मौलिकता छ । भने,पन्चेबाजा,हुड्ने नाच,ढाल नाँच,मागले झल्काउने जुम्ली मौलिक संस्कृतिको महत्व पनि विशेष छ । रोपाई चोपाइ,कुलो प्रथा,बडा बस्ने चलन,लगि प्रथा लगायत थुप्रै रितिरिवाजका बारेमा बौद्दिक बहस भए ।जुम्ली संस्कृति,रितिरिवाज,मौलिकतालाई जोगाउन भविष्यका पुस्तालाई ताजा अभिलेख दिन दस्ताबेजी गर्नका लागि जुम्लामा गत वर्षबाट लाम्रा संबाद नामक बहसको भयो ।
जुम्ली परम्परा,सस्कृति,रितिरिवाज संरक्षण प्रर्बदन गर्न,स्थानीय सरकारलाई संस्कृति संरक्षणमा नीति व्यवस्था र लगानी गर्नका लागि नैतिक प्रश्न गर्न ? नागरिकलाई जिम्मेवार बनाउन ‘लाम्रा संबाद,गाउँका कुडा–२०७८’ कोशे ढुंगा सावित हुने अपेक्षा गरिएको छ ।‘लाम्रा संबाद,गाउँका कुडा–२०७८’ लाई जुम्ला जिल्लाको आर्थिक सामाजिक,सांस्कृति राजनीतिक विकासको एक बौद्दिक बहस

का रुपमा हेरिएको छ । जुम्लाको लाम्रा गाउँबाट शुरु भएको यो बहसले समग्र जुम्लाको विगत वर्तमान र भविष्यका विषयमा पैरबी गर्ने आशा गरिएको छ ।यस कार्यक्रमका परिकल्पनाकार आयोजक माधव चौलागाई भन्छन,‘लाम्रा संबाद,गाउँका कुडा–२०७८’ लक्ष्य भनेकै हाम्रा पुर्खाका रितिरिवाजलाई संस्थागत गर्नु, भावी पुस्ताका लागि अभिलेख गर्नु हो । समयको विकास संग हाम्रा मौलिकता रितिरिवाज लोपउन्मुख बन्दै छन् । हाम्रा रितिरिवाज,रहनसहन जोगाउन लाम्रा संबादको शुरुवात भएको हो ।”उनका अनुसार अघिल्लो बर्ष ११ सेसनमा छलफल तथा पैरवी गरेको लाम्रा सम्वादको दोस्रो संस्करणमा ले यस पटक ७ वटा शेसनमा वहश गरिने भएको छ ।

तर दोस्रो संस्करणलाई केहि खास पृथक तथा विशेष बनाइएको छ । जसमा पहिलो विधिवत प्रवचन, हाम्मा नेता, हाम्मो निति, सभ्यताको साईनो आखरको अलंकार,सुईना बिजुलीको झरोवाट झलमल्ल गाउँ कसरी ? स्वास्थ्य र महामारी, भुसको आगो, सास्कृतिक सम्वद्र्धनका लागि मनोरञ्जनात्मक कार्यक्रम भए ।

यसका सथौ, सांस्कृतिक सम्वद्र्धनमा तर्फ दमायाको रन्को अर्थात नौ नगरा ३६ पयाना मागलको गुन्जन, नाचको छमछम, श्वरको संगम, देउडाको घन्को लगायतका कार्यक्रम रहेका छन् । यी विभिन्न सेसनमा सोहि समुदायका व्यक्ति संग अनुभव साट्ने छलफल गरिने छ ।लाम्रा गाउँका उर्जाशिल यूवा बौद्दिक व्यक्तिहरुले शुरुवात गरेको लाम्रा संबादले समग्र जुम्लाको रिति थिती बोल्ने छ । पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाही भन्छन,“लोप हुदै गएका जुम्ली सस्कृतिको जगेर्ना गर्ने लाम्रा संबादको लक्ष्यलाइ स्थानीय सरकारले पनि साथ दिनुपर्छ ।”
लाम्रा सम्वाद सस्कृति र सभ्यताको उजागर गर्न सम्वादको आयोजना गरिएको हो । पहिलो सम्वादमा खस संस्कृतिमा आधारित विभिन्न बिषयमा गाउँभित्रै वहश थालिएको थियो भने यस पटक जिल्ला भरीका कुरा समेटिने आयोजकले जनाएको छ । मञ्चको दायातिर रैथाने जौको भल्को, घासको खात, धानको कुनियो, दाउरोको खात, मकैको डोको, स्याउको बगैचा थियो । दायाँ तिर स्थानीय भेडाको ऊनबाट उत्पादित राडिपाखी, डौठो, कालो कम्बल, फेरे सहितका स्थानीय उत्पादित बस्तु राखीएका थिए । मञ्चको अगाडि सल्ला, देवदारको रुखहरु, फुलहरु र पिठोले लाम्रा संवाद कार्यक्रम लेखिएको छ । मञ्चको पछाडि माछामार्ने जाल, ओखल, मुसल, हुक्का, करुवा, छाप्र, डालो सहित उत्पादित तरकारी र फलफुलहरु रहेका छन् ।
मौलिक संस्कृतिको कार्यक्रम जुम्लाको लाम्रा गाउँले शुरुवात गरेको छ । उपलब्ध स्थानीय महत्वका स्रोत साधन प्रयोग गरेर सभ्यता झल्काउने प्रयास कार्यक्रम स्थलबाटै शुरुवात गरिएको छ । सजिसजावट कुनै मञ्च नभई ग्रह्रामा मञ्च आयोजना गरिएको लाम्रा संवाद कार्यक्रम आफैमा मौलिक देखिन्थ्यो ।ति मञ्चमा राखिएका स्थानीय स्रोत साधन हेर्दा खस सभ्यताका पुर्खाले आर्जेमा शिप, कला र सम्पतिको झल्को देखिन्थ्यो । खस सभ्यता र सस्कृतिमा आधारित कुराकानी लाम्रा सम्वाद २ तातोपानी गाउँपालिका ५ लाम्रा गाउँमा यस बर्ष पनि शुरु गरिएको हो ।

खस सभ्यता सँग जोडिएका विभिन्न ७ वटा शेषनहरु मध्य पहिलो दिन शब्द र सस्कृति, नौ नगरा, ३६ पयाना र विद्वत प्रवर्चन गरिएको छ । यसका साथै पञ्चेबाजाको नगरा र मागलबाट कार्यक्रमको शुरुवात गरिएको छ ।“मञ्चको दायातिर रैथाने जौको भल्को, घासको खात, धानको कुनियो, दाउरोको खात, मकैको डोको, स्याउको बगैचा छ । दायाँ तिर स्थानीय भेडाको ऊनबाट उत्पादित राडिपाखी, डौठो, कालो कम्बल, फेरे सहितका स्थानीय उत्पादित बस्तु छन् । मञ्चको अगाडि सल्ला, देवदारको रुखहरु, फुलहरु र पिठोले लाम्रा संवाद कार्यक्रम लेखिएको छ

। मञ्चको पछाडि माछामार्ने जाल, ओखल, मुसल, हुक्का, करुवा, छाप्र, डालो सहित उत्पादित तरकारी र फलफुलहरु रहेका थिए ।
लाम्रा सम्वादमा खस सभ्यता र सिञ्जा साम्राज्यको ईतिहास, विगत र बर्तमानको अवस्थाको वारेमा चर्चा गरियो । बिद्वत प्रवचनमा तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले हिजो सिञ्जा राज्य, खस सभ्यता, तातोपानी गाउँपालिकामा भएका पर्यटकीय स्थल र सभ्यताको बिषयमा गाउँपालिकाले गरेका कामहरुको बताए । अध्यक्ष न्यौपानेले मार्सीधानको उद्गम स्थल लाक्षु ज्यूला, गिरी दह, तातोपानी सहित दर्जनौ तालहरु तथा विभिन्न पर्यटकीय स्थलका बिषयमा बताए । उनले गाउँपालिकाले खस भाषाको पाठ्यपुस्तक प्रकाशनमा समेत जोड दिएको बताए ।
कार्यक्रमका संयोजक नन्दप्रसाद चौलागाइले पञ्चेवाजा सँग सम्वन्धित नौ नगरा, ३६ पयाना, शब्द र सभ्यता, कोरोनाको कथा, बिजुलीका सुईना, ढाल नाच, धारु नाच, भूसको आगो, हाम्रो नेता, हाम्रो निति लगायतका शेसन यस पटक रहेका छन् ।गत बर्ष पनि लाम्रा गाउँले गाउँको जँडो, तिर्थ र हाटका कुरा, कुलोका सवाई, सस्कृति र संस्कार, श्रम र शिप, सर्जक र सृजना, उद्यम र उत्पादन सहतिका सत्रहरु संचालन गरिएका थिए ।

कर्णाली क्षेत्रको विशिष्ट इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ हो, जुम्ला जिल्ला ।यहाको खसभासाको आफ्नौ लोपोन्मुख यहाँको फरक–फरक रीतिरिवाज र परम्परालाई संरक्षण गर्न र नयाँ पुस्तालाई सिकाउन लाम्रा संवाद ः गाउँ–गाउँका कुडाको बहस सञ्चालन गरिएको हो । त्यस्तै नेपाली भाषाको जननी भूमि खस राज्य जुम्लाको सिंजा खस सव्यता स्ंकटमा परेको भन्दै यसको अभिलेखीकरण राख्नका लागी गाउगाउका कुरामा चर्चापरिचर्चा गरिएको हो । खस सब्यता संरक्षणको अभावमा संकटमा परेको हो ,।

सम्भावनाले भरिपूर्ण ‘कर्णाली’ आजको वर्तमान विश्व मानचित्रमा गरिब,पछौटेपन, रोग, भोग र परनिर्भरताको पर्यायका रूपमा खडा गरिएको ‘मागी खाने भाँडोे’ बनाइएको छ । जुन कर्णालीको लागि दुभाग्य नै सिजा सब्यताका एक दिउँदो इतिहास तुंगनाथ उपाध्यायले बताए । उनले भने, कर्णालीको भव्यता र समवनालाई खर्लक्कै कालो पर्दामा लुकाएर जबर्जस्त मगन्ते बनाउने कारकतत्वहरु बने । त्यस्तै सिंजा इतिहास देखि वर्तमान सम्म नेपाली भाषा, सभ्यता र संस्कृतिको जननी थलो भनेर परिचित छ त्यसका साथै सिंजा बौद्ध धर्मको संवर्धक र सम्भारक थलो पनि हो, भन्ने इतिहासले प्रस्ट पारेको छ । यही विरासतले यो क्षेत्रको जग अडिएकोछ यसक्षेत्र यसकुराले परिचितछ ।

सम्बन्धित समाचार