जुम्लाको मौलिकता बचाउन,लाम्रा संवाद गाउँगाउँका कुडा

जुम्लामा लाम्रा संवाद २ सूरु हुने भएको छ । ’धार्मिक ऐतिहासिक पुण्यभूमी प्रचुर सम्भावना गापाउपालिको शान ,शानरमणीय पर्यटकीय स्थलसहित समृद्धि हासिल गर्ने हाम्रो अभियान’ भन्ने मुलनाराका साथे ’लाम्रा संवाद गाउँगाउँका कुडा’को दोस्रो संस्करण यहि १६,१७र १८ गते सम्म हुने भएको हो। लाम्रा संबादले कर्णालीको मौलिकता बचाउने मुलद्दे्रय रहेको छ । यो लाग्रा संवाद गाउँका कुडा साहित्य सम्मेलनको फर्म्याटमा गत्त वर्षदेखि सुरु भएको थियो । तर अहिले गाउका कुडा मात्रै नभएर जिल्ला भरीका गाउगाउँका कुडामा रुपान्तरण भएको पाइएको छ ।

जसको नामाकरण लाम्रा संवाद,’गाउगाउँका कुडा रहेको संयोजक नन्द प्रसाद चौलागाईले बताए।उनले भने, यो कार्यक्रम कार्तिक १६, १७, १८ गते तातोपानी गाउँपालिकाको लाम्रामा हुने छ।कर्णाली क्षेत्र विशिष्ट इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ हुनाले भौगोलिक, सामाजिक र राजनीतिक रुपमा सदियौं सम्म अलग्गिए पनि यहाँका हरेक दुर्गम बस्तीको जीवनयापनका निम्ति आवश्यक मौलिक विधि र प्रकृयाहरु विकसित भएको संयोजक चौलागाईको दाबी छ । उनले आफ्नो इतिहासमा गर्व गर्न नसक्ने समाजको पहिचान संकटमा पर्ने भएको हुनाले ज्ञानको पुस्तान्तरण सही ढंगले नहुँदा मौलिकता हराउने, बिर्सिइने वा बिग्रिने सम्भावना बढी भएकाले पनि लाम्रा संवाद जरुरी भएको पुर्व संयोजक धनप्रसाद चौलागाईले बताए। उनले भने,’हाम्रो अनुभव साट्ने आधिकारिक परिपाटी निर्माण भएको छैन। पुरानो र नयाँ पुस्ता बीचको छलफल तथा बहसलाई आधुनिक प्रविधि र पद्धतिमार्फत अभिलेखीकरण गर्न सकिन्छ ।

उनले भने, ’यसको पहल स्थानीय तवरबाटै गर्न सके अझ प्रभावकारी हुने तथ्यलाई मनन गर्दै सकारात्मक सन्दर्भ र विषयहरुको चर्चा र बहसमार्फत यस्ता विशेषताको उजागर गर्ने उद्देश्यले पनि लाम्रा संवाद गर्न थालिएको हो।’ अघिल्लो वर्ष तीन दिनसम्म चलेको संवादमा गाउँको समग्र परिवेश र विशेषता बोकेका विभिन्न ११ वटा सेसनहरुमा स्थानीय बयोवृद्ध, योगदानकर्ता र जानकारहरुले आ–आफ्ना ज्ञान र अनुभव साटेको उनले बताए।पहिलो संस्करण सम्पन्न भइसकेपछि गरिएको समीक्षा, कार्यक्रम पछि प्राप्त प्रतिक्रियाहरुका अनुसार यो कार्यक्रमले गाउँबासी, कर्णालीका समुदाय र बाहिर बस्नेहरुमा समेत अत्यन्त सकारात्मक सन्देश दिन सफल भएको आयोजकले जनाएको छ।
यस पटकको लाम्रा संवाद दोस्रो संस्करणका कार्यकमहरु,
विचारको छलफल, बहस तथा मन्थन गरिने सत्रहरु ,. विद्वत प्रवचनः तातोपानीको गौरव, विकास र भविश्यको कुरा , संरक्षण तथा प्रवर्धन गरिनुपर्ने इतिहास, संस्कृति, परम्परा, आदिको चर्चा,हाम्मा नेता हाम्मो नीतिः जिल्लास्तरीय राजनीतिक पार्टी प्रमुखहरु एकै थलोमा बसेर बहस, चिन्तन र साझा मुद्दा पहिल्याउने, सभ्यताको साइनो, आखरको अलंकारः हाम्रो भाषा संस्कृति, सभ्यता संरक्षणमा भइरहेका पहलमाथि चर्चा ,सुईना बिजुलीकोः झरोबाट झलमल्ल गाउँ कसरी?ः उज्यालो भविष्यसँग जोडिएको विद्यतीकरण बारे सरोकारवालाबीच छलफल र मन्थन, स्वास्थ्य र महामारीः कोरोन कैठ र कथाहरुः हाम्रो स्वास्थ्य, महामारी नियन्त्रणका पहल, भविष्यको तयारी बारे छलफल, भुसको आगोः सामाजिक विकृति र समस्यहरुको चिरफार र समाधानका उपायहरु पहिल्याउने, रहेको छ ।
मनोरन्जनात्मक कार्यक्रम
दमाहाको रन्कोः विभिन्न अवसरमा बजाइने बाजाहरुको प्रस्तुति, त्यसको वर्णन र त्यसमाथि चर्चा,मागलको गुन्जनः विभिन्न अवसरमा गाइने मागलको प्रस्तुति, त्यसको वर्णन र त्यसमाथि चर्चा, नाचको छमछमः विभिन्न प्रकारका नाचहरुको प्रस्तुति, त्यसको वर्णन र चर्चा।,चरण खेल, धारु नाच,बालो नचाउने खेल,ढाल नाच, स्वरको संगमः विभिन्न गीत र भाकाहरुको प्रस्तुति, देउडाको घन्कोः देउडाखेलको प्रस्तुति र छलफल कार्यक्रम तालिका, रहेको छ ।
दिन पहिलो १६ गते कार्यक्रम हुने छ । १८ गते सकिने छ । उद्घाटन सत्रः विद्वत प्रवचनः दमाहाको रन्को सभ्यताको साइनो, आखरको अलंकारः ,अपरान्हत्र सन्चो समाजः कोरोनासँग लडाईको कथा नाचको छमछम जस्ता गतिबिधि हुने छन । त्यस्तै दोस्रो दिन १७ गते ,मागलको गन्जन सईना बिजुलीका ,भुसको आगोः सामाजिक समस्याहरु चलचित्र प्रदर्शन हुने आयोजक लाम्रासंवादले जनाएको छ । त्यस्तै तेस्रो दिन १८ गते ,स्वरको संगम हाम्मा नेता हाम्मो नीति ,देउडाको घन्को सम्मान र समापन हुने भएको छ ।
कर्णालीको खस सव्यता संकटमा
नेपाली भाषाको जननी भूमि खस राज्य जुम्लाको सिंजा खस सव्यता स्ंकटमा परेको छ । संरक्षणको अभावमा संकटमा परेको हो ,। बाईसे र चौबीसे राज्यको पालमा जुम्लाको खस राज्य सिंजा एक बलियो राज्य भएको इतिहासमा पनि उल्लेख भएको पाइन्छ । नेपाल एकिकरण अभियानमा लागेका नेपालका एक मात्र देश निर्माता पृथ्वी नारायण शाहलाई पनि खस राज्य सिंजा जुम्ला जित्नको लागि हम्मे हम्मे परेका्े पाईएको छ ।
सम्भावनाले भरिपूर्ण ‘कर्णाली’ आजको वर्तमान विश्व मानचित्रमा गरिब, पछौटेपन, रोग, भोग र परनिर्भरताको पर्यायका रूपमा खडा गरिएको ‘मागी खाने भाँडोे’ बनाइएको छ जुन कर्णालीको लागि दुभाग्य नै हो । त्यसको जिम्मेवार हाम्रा राज्यसत्ता, राजनीतिक पार्टी र एनजीओ र आईएनजीओहरू नै हुन, कर्णालीको भव्यता र समवनालाई खर्लक्कै कालो पर्दामा लुकाएर जबर्जस्त मगन्ते बनाउने कारकतत्वहरुहुन । यस क्षेत्रको भाषा, संस्कृति र सभ्यताका साथै ऐतिहासिक वैभव र विरासत नामेट गर्ने प्रपञ्चबाट पे्ररित भएको देखिन्छ ।सिंजाले ऐतिहासिक र राजनीतिक औचित्य त प्रदान गर्छ नै, साथ साथै यसले त्यस क्षेत्रका सभ्यता र संस्कृतिको आत्म सम्मान र गर्वबोधका साथै सम्मान र मर्यादा गराउँर्दछ।
पुरानो ज्ञान र शिप नयाँ पुस्तालाइ हस्तानतरण हुने ः
जु्म्लाको तातोपानी गाउँपालिका वडा नम्बर ५ स्थित लाम्रा गाउँमा रहेका १सय ८३ घरधुरीका स्थानीय यूवा र बुद्धिजीवि र जिल्लाका जानकारहरुले गाउँगाउँका कुडा लाम्रा सम्वादमा खस संस्कतिको ज्ञानमुलक कार्यक्रमले हाम्रो नयाँ पुस्ताको, सिकाईमा जोड दिइने छ । विशेष गरी ज्येष्ठ नागरिकका कुराहरुले यूवा पुस्तालाई ज्ञान , शिप हस्तान्तरणको हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार