दुर्गमका बिद्यार्थी माथी अन्याय गर्दै प्राविधिक शिक्षालय जुम्ला
जुम्ला ः कर्णाली प्राविधिक शिक्षालय जुम्लाले विद्यार्थीमाथि विभिन्न कर्तुत गर्दै आएको पाइएको छ । पहिले छनोटमा परेका विद्यार्थी पार्टी नमिलेपछि विद्यार्थीको नाम ‘लिस्टबाट आउट’ गरिदिएको पाइएको हो । मुगुको छाँयानाथ रारा नगरपालिका – १० की झुमा नेपाली कर्णाली प्राविधिक शिक्षालयले प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद (सीटीइभीटी) अन्तर्गत आइएसिएजी पढाइका लागि फर्म भरिन् ।
केटीएसले यस पटक महामारी कोरोनाका कारण लिखित परिक्षा भरेको फर्म र विद्यार्थीको जीपीएका आधारमा विद्यार्थी छनौट ग¥यो । उक्त छनोटमा झुमा पनि परिन् । भर्नाको लागि केटीएसले कात्तिक १२ गते सम्मको मिति तोक्यो । सुचना सार्वजनिक ग¥यो । त्यतिमात्रै होइन, स्थानीय रेडियोमा समेत बजायो । तर, झुमाका आफन्त पदम मल्ल ११ गते नै भर्ना गर्न केटीएस पुगे । तर, केटीएसले भर्ना लिएन । झुमालाइ यो ठाउँमा अर्कोलाई भर्ना गरिसकेको जफाज दिइएको दियो ।
११ गते भर्ना गर्न पुगेका मल्लका अनुसार, केटीएसले भर्ना १२ गतेसम्म राखेको थियो । तर, झुमाकै कोटामा मुगुकै अर्को विद्यार्थी भर्ना गरिएको बताएको थियो ।
झुमाको कोठामा बैकल्पिक विद्यार्थीमा राखेको बताइयो र भर्ना गर्न गएका आफन्तलाई फर्काइयो । झुमा छनोटमा परेर पनि शिक्षालयले उनको भर्ना गरिदिएन । मल्ल भन्छन,,“कारण, परिवार कांग्रेस समर्थक भएपछि।झुमाको घरपरिवार कांग्रेस समर्थक हो । केटीएसका प्रिन्सिपल जुम्लाका हुन् । सहायक प्रिन्सिपल पनि मुगुका हुन् । उनीहरु एमाले निकटका हुन् ।झुमाको परिवार कांग्रेस समर्थक भएपछि उनीहरुले मुगुकै अर्को विद्यार्थीलाई हालेको बुझिन्छ पदम मल्ल भने ।
यता शिक्षालय प्रमुख टेकेन्द्र थापाले यस्तो कुनै कार्य नगरेको बताएका छन् ।यस विषयमा शिक्षालय प्रमुख टेकेन्द्र थापाले आफु जिल्ला बाहिर रहेकाले यस बिषयमा जानकारी नभएको बताए । उनले भने, ‘ १० गतेसम्म मिति थियो । उनको कोठामा वैकल्पिक विद्यार्थी भर्ना गरिएको जानकारी छैन ।
जुम्लाबाट संञ्चालित रेडियोबाट कात्तिक १२ गतेसम्मको लागि भर्ना मिति भनियो । त्यहिँ अनुसार टेकेन्द्र थापाकै नाम राखेको सुचना जारी भयो । तर, झुमालाई १० गते भर्ना मिति सकियो भनेर पठाइएको हो ।
टेकेन्द्र थापाले आइएसिएजीको भर्ना भर्ना मिति १० गतेसम्म मात्रै भएको दाबी गरेका गरेका छन् । उनले भने, ‘शिक्षालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई फोन गर्न सम्भव छैन । हामी गर्दैनौ पनि । उनीहरुले चासो रोखेर आउनु प¥यो ।’
झुमा नेपाली एक प्रतिनिधि पात्र मात्रै हुन् । केटीएसले यसभन्दा पहिले पनि राजनीति भर्ती धेरै गरेको गुनासो आएको थियो । झुमालाई उनको परिवार कांग्रेस समर्थक भएकै कारण केटीएसले एमाले समर्थक विद्यालयलाई राखेर झुमालाई आउट गरेको हो । झुमा भर्नामा पर्ने थुप्रै कारण छन् । उनी विपन्न दलित छात्रा समेत हुन् । तर, केटीएसको राजनीति भर्तीमा उनको नाम आउट भएको हो ।
२०३६ सालबाट सुरु भएको केटीएसमाः अहेव, अनमी, सवओभरसियर र डिप्लोमा तहको अन्तर्गत आइएसिएजी, सिभिल इन्जिनियरिङ र फरेष्टि कार्यक्रम संचालन छ ।








