यहि २५ गतेबाट जुम्लामा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुदै
जुम्लाः जुम्लामा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । यही कार्तिक २५ गते बाट जुम्लामा महिला ,पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति जुम्लाको आयोजनामा खुला महिला, पुरुष भलिबल प्रतियोगिता गुठीचौर गाउपालिका स्थित त्रिभुवन मावि झारज्वालामा संचालन हुने भएको छ । जुम्लाका प्रत्येक स्थानीयतहका १÷१ महिला र एक पुरुष गरी दुइवटा टिम प्रतियोगितामा सहभागिता हुन पाउने जनाउने जिल्ला खेलकुद विकास समितिका सदस्य सचिब संगिता आर्चायले बताइन । उनले विहिबार साँझ पत्रकार सम्मेलन गर्दै यही कार्तिक २५ गतेदेखि २७ गते सम्म तिनसदन प्रतियोगिता संचालन हुने बताइन । जुम्ला आठै तहका महिला पुरुष टिम छनौट गरि १६ टिम प्रतियोगितामा सहभागि हुने बताइएको छ ।
उक्त प्रतियोगितामा सहभागीता जनाउने ,टिमले कर्तिक २४ गते सम्म टिम दर्ता गर्नु पर्ने भएको छ । यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छानोट गरी कर्णाली प्रदेश मुख्यमन्त्री कपका लागि जिल्ला खेलकुद विकास समितिकाले पठाउने भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डेले बताए । उनले भने ,“प्रतियोगिता आयोजनाका करिब ९ लाख जत्ती लागत लाग्ने अनुमान छ । तर हामी संग बजेट छैन् । प्रदेशले डेढ लाख सम्म पठाउने आश्वासन मात्रै दिएको छ । बजेट आएको छैन् । आठै स्थानीयतह संग समन्वय गरि प्रतियोगिता संचालन गर्न लागीएको हो ।”
प्रतियोगितामा प्रथम हुने महिला पुरुष टिमलाई पुरुस्कार नगद ५० हजार र द्धित्तिय हुनेलाई नगद ३५ हजार, कप,मेडल र प्रमाण पत्र दिईने सदस्य सचिव संगिता आर्चायको भनाई छ । प्रतियोगितामा प्रथम आउने महिला पुरुष टिम संगै अन्य टिमका पनि उत्कृष्ट खेलाडीलाई छनौट गरिने भएको छ । छनौट भएका खेलाडीलाई करिब एक महिना सम्म आन्तरिक प्रशिक्षण गराएर प्रदेशस्तरी मुख्यमन्त्री कपमा सहभागी गराइने सदस्य सचिव आर्चाले जानकारी दिइन् ।
प्रतियोगिताको सह–आयोजक पनि गुठिचौर गाउँपालिका रहने र संघियता मर्मअनुरुप यसपटक जिल्लामा नभएर पलिका स्तरमा पहिलो पटक जिल्ला स्तरी भलिबल प्रतियोगिता गरिने भएको छ ।गुठिचौर गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीले भलिवल प्रतियोगिताको सहआयोजक आफ्नो पालिका हुने प्रतिबद्दता समेत जनाएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले प्राय खेलकुद आयोजना गर्दा जुम्लामा झै झगडा हुने भएकोले प्रतियोगितालाई मर्यादित रुपमा सम्पन्न गर्न सुरक्षा ब्यवस्था मजबुद बनाउन जिल्ला खेलकुद विकास समितिलाई अनुरोध गरेका छन ।
प्रतियोगिता संचालन का लागि आबश्यक आर्थिक साहयता आ आफ्नो टिमलाइ सम्बन्धति स्थानीयतहले जिम्मेवारी लिने भएका छन । यस बिषयमा स्थानीयतहका प्रमुख संग छलफल गरिएको जिल्ला खेलकुद विकास समितिले बताएको छ । धेरै लामो समयपछि जुम्लामा भलिबल आयोजना हुन लागेकोले यसलाई शान्तीपुर्ण ढंगबाट सम्पन्न गर्न आबश्यक रहेको छ ।








