एमाले महाधिवेशनमा १५३६ प्रतिनिधि सहभागी हुने, तेस्रो धार असन्तुष्ट

काठमाडौं । नेकपा एमालेको आगामी मङ्सिरमा हुने दसौँ राष्ट्रिय महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधिहरू सहभागी हुने भएका छन् । बिहीबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले १ हजार ५ सय ३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको हो ।

हरेक निर्वाचन क्षेत्रबाट १५ सयजना पार्टी सदस्यबाट ३ जना प्रतिनिधि छनोट हुने प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । भूगोल कमिटीहरूबाट कुल १ हजार १ सय ९६ जना प्रतिनिधि छानिने छन् । बाँकी गैरभूगोलबाट ३ सय ४० जना गरी कुल १ हजार ५ सय ३६ प्रतिनिधि छानिने ज्ञवालीले बताए ।

महाधिवेशनमा ५१ प्रतिशत समावेशी र ४९ प्रतिशत खुल्लाबाट प्रतिनिधित्व हुने व्यवस्था गरेको छ । विधानतः महिलाको प्रतिनिधित्व अनिवार्य गरेको ज्ञवालीले बताए ।
र्
एमालेले असोजमा ललितपुरको गोदावरीमा सम्पन्न गरेको पहिलो विधान महाधिवेशनमा भने ६ हजार भन्दा प्रतिनिधि सहभागी भएका थिए । एमालेले नेतृत्व चयन गर्ने महाधिवेशनमा भने प्रतिनिधिहरूको सङ्ख्या ह्वात्तै घटाएको छ । एमालेको आज बसेको स्थायी कमिटी बैठकले गरेको प्रतिनिधिको सङ्ख्या घटाएर १५ सय सदस्य बराबर ३ जना छान्ने निर्णयप्रति तेस्रो धारका नेताहरूले भने असन्तुष्ट रहेको बताइन्छ ।
एमालेको दसौं महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने छ । महाधिवेशन नारायणी किनारमा उद्घाटन गर्ने र सौराहामा समापन गर्नेछ ।

सम्बन्धित समाचार