पर्यटनको महत्वपुर्ण गन्तब्य बन्दै जुम्लाको डुडुल चैत्य

जुम्ला ः जुम्लामा रहेको डुडुल चैत्य कर्णालीको पर्यटनको महत्वपुर्ण गन्तब्य भएको कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले बताए । उनले डुडुल चैत्यको तेस्रो बार्षिकोत्सवलाई संवोधन गर्दै यस्तो बताएका हुन । डुडुल चैत्य भएको ठाउबाट जुम्लाको भ्याली निहाल्न पाईन्छ । कारणले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान केन्द्रीत गराएको छ मन्त्री श्रेष्ठले भने,“ कर्णालीको अपार सुन्दरतामा डुडुल चैत्यले सुगन्ध थपेको बताए ।

जुम्ला सदरमुकाम खलंगामा निर्माण भएको डुडुल चैत्य पर्यटन आकर्षणको केन्द्र बनेको छ । त्यस्तै मुगाली समाजले बनाएको यो चैत्यले खलंगालाई थप सुन्दर बनाएको मन्त्री श्रेष्ठका स्वकीय सचिव महेन्द्र कार्कीेले बताए । उनले अहिले यो डुडुल चैत्यमा पर्यटन आगमन बढेको छ । यसको बार्षिकोत्सवमा मुगाली समाज जुम्लाका अध्यक्ष निर्बु वाङदे तामाङ,पुर्व बनराज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता भक्तबहादुर रोकाया,पुर्व पर्यटन राज्यमन्त्री तथा नेकपा एमालेका नेता बलबहादुर महत,जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा र नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महत सहभागि सहभागी थिए । बार्षिकोत्सवका अवसरमा हिमालयन पिस एसोसियसन काठमाण्डौँले आफ्नो चल,अचल सम्पती डुडुल चैत्यलाई हस्तान्तरण समेत गरेको छ ।