राष्ट्रपतिका बारेमा टिका टिप्पणी हुनु गलत – गगन थापा (भिडियो सहित)
सुर्खेत । राष्ट्रपती विद्यादेवी भण्डारीको बारेमा टिका टिप्पणी हुनु गलत भएको नेपाली कांग्रेसका सांसद एवं केन्द्रीय सदस्य गगन थापाले बताएका छन् ।
सुर्खेतमा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रपती भण्डारीका बारेमा टिका टिप्पणी हुनुमा सरकारको दोष रहेको र सरकारले लापरवाही गरेको बताएका छन् ।
थापाले स्थानीय सरकारला अधिकारविहीन जस्तो देखिएकोे पनि बताए । केन्द्र सरकारसँग प्रदेशका मुख्यमन्त्री लाचार बनेको थापाको टिप्पणी गरे ।
थापाले प्रधानमन्त्रीले संसदमा आफूहरूलाई हेपेको पनि आरोप लगाए । नेकपाको एकता चुनाव जित्नका लागि मात्रै भएको थापाको टिप्पणी छ ।








