सुर्खेती गाएक रसाईलीले ल्याए ‘सच्चा सपुत ’ (भिडियोसहित )

काक्रेविहार म्युजिक प्रालीको प्रस्तुतीमा गायक टोपेन्द्र रसाइली र गायिका कोपिला छिनालको आवाजमा सजिएको मर्मस्पर्शी गीत ‘ सच्चा सपुत ’को भिडियो सार्वजनिक भएको छ । नेपालको परिवर्तनमा मुख्य भुमिका निवार्ह गर्ने महान ब्याक्तिहरुको कामको उच्च मुल्याङकन गदैँ गायक टोपेन्द्रले निकै प्रेरणदायी गीत बनाएका छन ।
देशको विकाशमा अगोरात्र खटने सञ्चारकर्मी रवि लामिछाने , नेपाली जनताको दुखको पिडामा मलहम लगाउने धुमुस सुन्तली , लोक गायक कृष्ण कडेँल , बेचिएका चेलीको उद्दारमा सक्रिय अनुराधा कोइरालाको योग्दानलाई गीतलाई गीतमा समेटिएको छ । भाग्य न्यौपाने , शिशिर भण्डारी को योग्दानको मुल्याङकन देशका लागी निकै महत्वपुर्ण भन्दै गीतमा शब्द तथा संगीत टोपेन्द्रले भरेका छन ।
राजु श्रेष्ठको छायाँकन , रञ्जना पौडेलको सम्पादन तथा दिपक जलन को निर्देशन भिडियोमा रहेको छ ।

सम्बन्धित समाचार