कालिकोटमा पहिरोले लियो युवतीको ज्यान
पहिरोबाट १५ वर्षकी इशानी अधिकारी घाइते
कर्णाली : कालीकोटको महाबै गाउँपालिकामा पहिरोबाट एक जनाको मृत्यु भएको छ । तीन दिनदेखिको अविरल वर्षापछि महाबै –७ राम्नीमा पहिरो खनियो ।
पहिरोबाट स्थानीय विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी जेठी छोरी १८ वर्षकी स्मृति अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
प्रहरीका अनुसार, स्मृतिसँगै विष्णुलालकी छोरी १५ वर्षकी इशानी अधिकारी घाइते भएकी छिन् । घाइते अधिकारीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कालीकोटका डीएसपी चक्रबहादुर शाहका अनुसार, घर भत्किँदा स्मृतिको घटनास्थलमै मृत्यु भएको हो । घााइतेको उपचार भइरहेको छ । पहिरोबाट राम्नीका ५ घरलाई क्षति पुर्याएको छ । २५ घर जोखिममा परेका छन् ।’








