जुम्लामा बाढी र पहिरोले धान खेती नष्ट


जुम्ला ः भारी बर्षाका कारण जुम्लामा ठुलो क्षेति भएको छ । लगातारको वर्षा र बाढीले सबै भन्दा बढी क्षेति धान खेतीमा भएको छ ।तातोपानी गाउपालीकाको नियापानी भन्ने ठाउमा झण्डै सय भारी खेत र खेतमा रहेका धान बगाएर लिएको स्थानीय जग्ती सार्कीले बताए । उनले भने ग्रिरीखोला जालपदेवी बत्तीको बाँध भत्काएको छ । दुइ दिनदेखी बत्ती अबरुद्ध भएको छ । वर्षा र बाढीका कारण सुमलसाँघु र लामाचौरको काठेपुल बगाउदा आवत जावतमा समेत कठिनाइ भएको छ । उनका अनुसार भान्या सार्कीको घर पनि बाढी पसेर भत्किने अवस्थामा छ । नदिको किनार भन्दा दुईसय मिटर  टाढा रहेको खेतबारी बगाएको छ ।

त्यस्तै भारी बर्षाले नाग्म गमगडि राजमार्गको बाटो बन्द भएको छ । रारालिही क्षेत्रका नदि छेउछाउका बासिन्दालाई सर्तकता अपनाउन प्रहरी प्रशासनले माईकिङ समेत गरिरहेको छ । बाढीले तिला गाउँपालिकाको सापुल्ली ,नुवाकोट र कुडारी बजारको तिखुनी ज्युलाका खेत बगाएको तिलागाउपालिका तिनका स्थानीय परिलाल कठायतले बताए ।जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाई नेतृत्वको टोली क्षेति भएको क्षेत्र तातोपानी र तिलातिर गएको छ ।

प्रजिअ प्रसाईले भारी बर्षा र बाढी बढेकाले जोखिम क्षेत्रको अवस्था बुझ्न तिला नदिको छेउछाउ र सापुल्लीमा आफुहरु गएको बताइन । उनका अनुसार धान मात्रै नभई यो जोखिम अवस्थामा मानवीय क्षेतिबाट जोगिन सतर्कता अपनाउन नागरिकलाई अग्रह गरिएको छ । नदि र खोलाको छेउछाउ, लगाइएका र पुराना भत्किन थालेका घरमा नागरिकलाई नवस्न अनुरोध गरिएको छ ।
प्रहरीले तिलाको सेरी बजार क्षेत्रको नदि क्षेत्रका घरमा नवस्न माईकिङ गरिएको छ ।

यस्तै नदि छेउछाउ र खोला किनार, सड्कमा समेतहिडडुल गर्न र जोखीम बाट बच्न आम नागरिकलाई प्रमुख जिल्ला अधिकारी प्रसाईले सुझाव दिइन ।जिल्लाभरका दिन तथा खहरे खोलाहरुमा बाढीक बढेकाले सबै नागरिकसचेत हुन आबश्यक रहेको छ । भारी बर्षाले मार्सीधानका फाट नदिले भरीभराउ भएका छन । काटेका धान खेतमै कुहिएका छन् । यतिवेला भएको वर्षाले सबै भन्दा बढी बालीनालीमा क्षेती पुगेको जुम्लामा बासीले बताएका छन। तर कतिपय ठाउमा संञ्चारको पहुज नभएकाले क्षेतीको बिवरण एकिन हहुन सकेको छैन ।