जुम्लाका १०४ परिवारलाई राहत
जुम्ला ः जुम्लाका एक सय ४ घरपरिवारले राहत पाएका छन। कोभिड संक्रमणका कारण रोजगारी गुमाएका जुम्लाका तीन स्थानीय तहका परिवारले राहत पाएका हुन । पातारासी, तातोपानी र चन्दननाथ नगरपालिका भित्रका कोभिडका कारण प्रभावित १०४ परिवारले राहत पाएका छन । एक बोरा चामल, साढे २ केजी दाल,दुइ लिटर तेल,एक पोका नुन र एक पोका चिनी राहत स्वरुप दिइएको छ ।
तातोपानी गाउँपालिकाका ४३,पातारासीका ४० र चन्दननाथ नगरपालिकाका ३० घरपरिवारले राहत पाएका हुन । कोभिडका कारण ज्यालादारीमा काम गर्ने परिवार दैनिकिीमा समस्या आएको भन्दै राहत दिइएको हो ।, पातारासी गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले भनिन्,‘कोभिडले थलिएका परिवारको पहिचान गरेर राहत दिइएको छ । उनले भनिन ,नजिकीदै गरेको दशैलाई लक्षीत गरी उनीहरुलाई राहत दिइएको छ । ’
कोभिड संक्रमण हुने त्रासले निरन्तर निषेधाज्ञ हुदा यहाँका विपन्न नागरिकको रोजगारी गुमेको थियो । उपाध्यक्ष महताराले भनिन्,‘यो राहतले केही राहत मिल्नेछ । गाउँपालिकाले पनि कोभिड प्रभावितको अवस्था हेरेर राहतको प्याकेज ल्याउन सक्छ । ’कोभिड प्रभावितको विवरण सम्बन्धित गाउँपालिकाले छनौट गरेको थियो ।
कारीतास जर्मन, कारीतास नेपालको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा सञ्चालित नेपाल कोभिड १९ प्रतिकार्य परियोजना २०२१, अन्तर्गत खाद्यान्न सामग्री सहयोग गरिएको हो।कोरोनाबाट प्रभावित ताराबहादुर बोहोरा यो राहतले एक महिनासम्म गुजारा चल्ने बताउछन ।
कोभिड प्रभावित लाई सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर राहत प्रदान गरिएको पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले बताए ।








