कर्णाली नदीमा डुंगा पल्टिदा एकजना बेपत्ता
वीरेन्द्रनगर : कर्णाली नदीमा डुंगा पल्टिदा एक जना युवती बेपत्ता भएकी छन् । सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको मोहन्याल गाउँपालिकाबीचको कर्णाली नदीमा डुंगा पल्टिएको सुर्खेत प्रहरीले जनाएको छ ।
डुंगा पल्टिदा चौकुने – १० घाटगाउँ कि १८ वर्षकी अनिता विक बेपत्ता भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए । उनका अनुसार मोहन्याल–३ कैलालीको किनारमा पुग्दै गर्दा पल्टिएको हो । डुंगामा पाँच सवार थिए । घटनास्थलतर्फ बाबियाचौरबाट प्रहरी जाँदै गरेको छ । थप विवरण आउँन बाँकी छ ।








