जनसंख्याको २०–२५ प्रतिशत मानिसमा मानसिक समस्या

जुम्ला ःनेपालको कुल जनसंख्याको मानसिक २५–३० प्रतिशत मानिसमा मानसिक समस्या भएको पाइएको छ आइतबार परेको विश्व मानसिक स्वास्थ्य दिवसमा यस्तो बताइएको हो । ‘असमानता हटाउन आवश्यक छ सबैको साथ र योगदानः सुलभ, समान र उपयुक्त मानसिक स्वास्थ्य हाम्रो अभियान’भन्ने नाराका साथ यसवर्ष जुम्लामा पनी टिपियो नेपालको आयोजना ,कर्णाली स्वास्थ्य बिज्ञानको प्रतिष्ठान र नेपालपत्रकारमहासंघको समन्वयमा विश्व मानसिक स्वास्थ्य दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ ।

जुम्लाका जिल्ला मनोबिर्मशकता नन्दराज आचार्य भने अझै पनि समाजमा मानसिक रोग लागेको व्यक्ति भन्नेबित्तिकै नकारात्मक सोच राख्ने गरिन्छ । भएका मानिस खुलेर अस्पताल आएका छैनन् । कडा अवस्था भएपछि मात्र अस्पताल जाने गर्दछन् । त्यसकारण पनि उनीहरूको उपचारमा धेरै समय लाग्ने गरेको छ । उनी भन्छन “,विश्वका १० खतरनाक रोग जसले मानिसको दैनिक क्रियाकलापमा असर गर्छ जसमध्ये ५ वटा मानसिक रोगका कारणले गर्दा हुन्छ।
तिनीहरू डिप्रेसन, मेनिया, सिजोफोर्निया, दूव्र्यसनी र डिमेन्सिया पर्दछन्। डिप्रेसन रोग सबैभन्दा बढी पाइने मनोरोग हो। नेपालमा मनोरोगका बिरामीलाई उपचार गर्ने जनशक्तिको कमी छ। जुम्लामा यो समस्या बढ्दै गएको छ । तर यसको बिषयमा कुनै पनी सरकारी पक्ष जिम्मेवारी भएको देखीदैन । नन्दराजले भने , विश्वमा हरेक वर्ष १० अक्टोवरमा मानसिक स्वास्थ्य दिवस मनाइन्छ । तर मानसिक रोगलाई मनोरोग भनेर पनि चिन्ने गरिन्छ । विश्वमा करिब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पीडित छन ।

त्यस्तै कर्णाली स्वास्थ्य बिज्ञानप्रतिष्ठानका मनोचिकित्सक डाक्टर अनुप देवकोटाले भने ,वर्तमान समयमा हेर्दा कडा खालका मानसिक रोग भएका बिरामीको अस्पतालमा आउने गरेको बताए । उनले अझै पनि समाजमा मानसिक रोग लागेको व्यक्ति भन्नेबित्तिकै नकारात्मक सोच राख्ने गरिन्छ । जसका कारण मानिस खुलेर अस्पताल आएका छैनन् । कडा अवस्था भएपछि मात्र अस्पताल जाने गर्दछन् । त्यसकारण पनि उनीहरूको उपचारमा धेरै समय लाग्ने हुन्छ । समाजमा मानसिक रोग लागेका मानिसलाई ‘पागल’ वा ‘बहुला’को रूपमा हेर्ने गरिन्छ । त्यसकारण पनि रोगीहरू कसैले देख्छ भन्ने डरले पनि अस्पताल नआउने गरेको उनको भनाइछ ।
उनले भने,“ यो जुम्लामा मात्रै होइन नेपालमा मनोरोगका बिरामीलाई उपचार गर्ने जनशक्तिको कमी छ। सरकारनै मानसिक स्वास्थ्य सम्बन्धी बजेट छुटएको हुदैन । यसले गर्दा नेपालमा मनोरोगीका बिरामीको मानसिक अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल र निजी अस्पतालमा उपचार हुने गरेको छ।
सामान्य खालका मनोवैज्ञानिक समस्या २५–३० प्रतिशत सम्म मानिसको जीवनमा विभिन्न समयमा पाइन्छ। मिहनेत गर्न नछोड्ने, अनावश्यक कुरामा बारम्बार एकोहोरो सोचाई नगर्ने, लागु पदार्थ सेवन नगर्ने अनि मनमा रहेको समस्या अरुलाई बाँड्ने गर्नाले मानसिक रोग लाग्ने सम्भावन कम रहन्छ। डाक्टर देवकोटा भन्छ,“ धेरैजसो आत्महत्याको घटना मानसिक बिरामीबाट हुने गरेको छ । नेपालमा आत्महत्या गर्नेमध्ये करिब ८० प्रतिशत मानसिक रोगी नै छन् । बाँकी, सिजोफ्रेनिया, डिमोन्सिया, रक्सी र लागूऔषध सेवनका कारण आत्महत्या गर्ने पुग्छन् । ्
मानसिक रोगको उपचार गर्नु भनेको आत्महत्याको रोगथाम गर्नु पनि हो । पछिल्लो जुम्लामा पनी धेरै आत्महत्या गर्ने क्रम बढ्दै गएको छ । युवावर्गमा आर्थिक पक्ष अथवा घर–परिवारबाट छुट्टिनु पर्दाको पीडाले पनि आत्महत्याको सिकार बन्दै गएका छन् ।
‘घर–परिवारमा कुनै सदस्यले अनौठो क्रियाकलाप देखाउने, निराश हुने, बढी डराउने, आत्तिनेजस्ता क्रियाकलाप गर्ने थाल्यो भने मानसिक रोगको सिकार भएको हुन सक्छ । त्यसैगरी, अनावश्यक रूपमा निद्रा बिग्रन थाल्यो, व्यक्ति दुब्लाउँदै गयो, आत्महत्याको सोच आयो भनेर कोही सँग कुरा गर्न थाल्यो भने मानिसमा मानसिक रोग बढ्दै जान्छ ।
बिद्यालय स्तरमा मानसिक स्वास्थ्य शिक्षा आबश्यक छ
आधुनिक परिवेशमा हुर्किएका बालबालिकामा डिप्रेसनको समस्या बढ्दै गएको छ । त्यसको न्यूनीकरणका लागि स्कुल तहबाट जनचेतना बढाउनुपर्दछ । मनोचिकित्सक डाक्टर अनुप देवकोटाले भने मानसिक रोगको पहिलो उपचार भनेकै सकारात्मक सोच राख्नु हो । पहिलो चरणमा मानिसमा मानसिक समस्या चिन्न सकियो भने समयमै उपचार गर्न सकिन्छ ।कडा खालको मानसिक रोग लागेका व्यक्तिलाई औषधि प्रयोग, मनोपरामर्श, विद्युतीय प्रवाह गरी उपचार गर्ने सकिन्छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकअनुसार तीन वर्षको अवधिमा ३२ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७५÷७६ देखि आर्थिक वर्ष ०७७ ÷७८को तथ्यांक हेर्दा ३२ जनाले आत्मा हत्या गरेका छन ।जस, मध्ये वर्ष ०७७÷७८ को तथ्यांक हेर्दा १४ जनाले आत्महत्या गरेका छन । जसमा ६ जनाले विष सेवन र एक जनाले नदिमा हामफालेर आत्महत्या गरेका हुन् । भने, बाँकी सबै झुण्डिएर आत्महत्या गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

यो प्रहरीमा आएको तथ्याङक मात्रै हो कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पनी यस्ता धेरै घटना आउने गरेका छन । यो बिषयमा तिन तहको सरकार उदासिन छ । एक पालिका एकमनोबिर्मशकर्ताको ब्यवस्थापन गरी सचेनताका कार्यक्रम गरेको खण्डमा आत्मा हत्याकोदरमा कमी आउने निश्चित छ ।
आर्थिक समस्या खेपिरहेका व्यक्तिमा बढी मानसिक समस्या
मनोचिकित्सकहरूका अनुसार पछिल्लो समय संक्रमणको डरका कारणभन्दा पनि आर्थिक समस्या खेपिरहेका व्यक्तिमा बढी मानसिक समस्या देखिन थालेको छ । खासगरी, व्यवसायमा लगानी गरेर लगानी ठप्प भएका, जागिर गुमाएका, काम गर्न नपाएर भोकै बस्नुपरेका व्यक्तिहरूमा एन्जाइटी र डिप्रेसनको समस्या देखिने विभिन्न अध्ययनले देखाएको चिकित्सकहरुले बताएका छन।