साँस्कृतिक संरक्षणमा जुट्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्ला
खलंगा ः राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्ला कलासांस्कृती संरक्षणमा जुटेको छ। नेपालको राष्ट्रीय पहिचानको प्रतिनिधित्व गर्ने साँस्कृतिक धरोहरको रुपमा रहेको “लोक तथा दोहोरी गीत” लाइ ब्यबस्थित एबं मर्यादित गराउने लक्ष्या रहेको पाइएको छ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्यसमिति जुम्लाले जुम्लाका बिभिन्न भेगमा लुकेर बसेका प्रतिभाको उजागर गरी नेपाली समाजको कुना कन्दरा पुराउने बताएको हो ।
जुम्लालाई गित संगितका मध्यमबाट मौलिकता जोगाउने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्यसमिति जुम्लाका अध्यक्ष कर्ण बहादुर बुढ्थापाले बताए । उनले भने यो प्रतिष्ठानलाई कलाकारका दुख,पिडा,हर्ष तथा आशुको अभिव्यक्तिको शसक्तमाध्यम बनाउने बताए । उनले भने म लामोसमय सम्म “लोक तथा दोहोरी गीतको”मर्मलाइ जीवित राख्न लोक दोहोरिसंग आबद्ध भएर काम गर्दै आएको छु ।
सम्पूर्ण कलाकार तथा सुभेच्छुकहरु संग मिलेर रुपमा राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्ला समाजिक सेवाका लाग्ने बताए । प्रतिष्ठानले दोस्रो बार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ । उ्रक्त अबसर प्रतिष्ठानमा आबद्ध सबै कलाकर्मीहरुले आ.आफ्ना प्रस्तुती गित मार्फत सुनाएका थिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ शाखा जुम्लाका महिला उपाध्यक्ष दिलमाया शाहीले जुम्लाको कला सस्कृतिको उत्थान का निम्ति आफ्ना विभिन्न माध्यमबाट दोहोरीको जगेर्ना गर्न अनुरोध गरिन । उनले कलाकार एक जुट भए र प्रतिष्ठान एकतावद्ध हुने बताइन । उनले थपिन साँस्कृतिक सम्पदा संरक्षण सम्बन्धि गाउबस्तीमा पुग्न आबश्यक छ । शाहीले जुम्लाको कला साँस्कृतीलाई पहिचान गरेर विकास गर्दै यहाको संस्कार, सस्कृति, रहनसहन, विभिन्न मान्यताहरु भावी पुस्तासम्म पु¥याउने लक्ष्यका साथ अघि बढ्न सुझाब दिइन् ।
।’









