फोहोरबाट उद्धार खोजिरहेको जुम्ला खलंगा

जुम्ला : संघीयता कार्यान्वयन हुनुभन्दा पहिले जुम्ला, कर्णालीका पाँच जिल्लाको सदरमुकाम हो । अहिले कर्णालीकै दोस्रो सहर भनेर चिनिन्छ । जुम्ला प्राकृतिक हिसावले सुन्दर छ । कतिपयले भन्ने गर्छन्, ‘जुम्ला कर्णालीको मुटु हो’  । तर, जुम्ला बजार फोहोरबाट मुक्त हुन सकेको छैन, फोहोरबाट उद्धार खोजिरहेको छ  ।

फोहोरले दुर्गन्ध बनिरहेको जुम्ला बजार हिडडुल गर्न पनि उकुसमुकुस हुने गरेको छ  । व्यवस्थापनमा सम्बन्धित निकाय बेखबर छन । जुम्लाको पहिचान दिलाउने र अर्थ्याउने सबैका आ आफ्ना परिभाषा छन् । स्थानीय तहको निर्वाचनमा यहाँका नेताहरुले स्मार्ट सिटी बनाउने आश्वासन दिए । तर निर्वाचन सकिएको पाँच बर्ष पुग्न थाल्यो । न स्मार्ट सिटी बन्यो । नत बजारमा सरसफाइका क्रियाकलाप नै भए । कहिल्यै पनि सुन्दर सहर भएको अनुभुति यहाँका नागरिकले गर्न सकेनन ।  मेरो खलंगामा घर छैन्,खलंगामा बसेको पनि १२  बर्ष पुग्यो ।

तर, एक दशकमा नत  खलंगाको मुहार बद्लियो, नत खलंगावासीको चेतनामा बिकास भयो । उल्टै वर्षेनी बजारमा फोहोर थुप्रिएर नाक बन्द गरेर आवत–जावत गर्नु पर्ने अवस्था आएको छ । यो भन्दा विडम्वना अरु के हुनसक्छ ?

खलंगाको मुख्य बजार सफा गर्न  कुनै दिवस आउनु पर्छ  अनि मात्रै सेना, सशस्त्र, प्रशासनले लागेर  फोहोर उठ्छ ।  दिवस र चाडपर्वले बजार फोहोर उठेपछि नेपाली सेनाको टुडीखेल मैदानसँग जोडिएको जुगाढखोला  कहिले सरसफाइ हुदैन  ।

टुडिखेल मैदानमा नियमित सरसफाइ हुन्छ । यहाँ नियमित खेलकुदका क्रियाकलाप भइरहन्छन् । तर, त्यही मैदानको छेउतिरबाट बग्ने जुगाडखोला फोहोरबाट मुक्त पाउने दिन कुरेर बसेको छ । प्रत्येक दिन यहाँका स्थानीयले घर तथा पसल, होटलबाट निस्केको फोहोर जुगाडखोलामा ल्याएर फाल्ने गरेका छन् ।  कतिले त घरको ढल नै खोलामा मिसाएका छन् ।

दिनप्रतिदिन एक पछि अर्को गर्दै फोहोर फाल्नेको होड नै चलेको अनुभुति हुन्छ । एकातिर फोहोर ल्याएर खोलामा फालिरहेका हुन्छ । अर्कोतिर सरसफाइको लागि कपडा धुने गरिन्छ । जुगाडखोलालाइ फोहोर बनाउनेको कमी छैन् । सफा बनाउनेको अभाव छ ।

फोहोरबाट मुक्त पाउने बिषयमा प्रिय जुगाडखोला मात्र चिन्तित छैन् । जुम्लाको प्रसिद्ध मानेर बारम्बार पुजापाठ गर्न जाने चन्दननाथ र भैरबनाथको मन्दिरको अगाडी पछाडीका नाला पनि फोहोरको थुप्रोबाट उम्किन सकेका छैनन् ।

हिउँदको समयमा रुघाखोकी र बर्खाको समयमा झाडापखाला र हैजा फैलन सक्ने ठुलो खतरा बढेको छ । जुगाडखोलाको फोहोर व्यवस्थापन गरेर खलंगालाइ सुन्दर नगर बनाउने ब्यक्ति चिल्लोगाडी भित्र यात्रा गर्छन् । उनीहरुलाइ गाडीको सिसाले फोहोर देख्न दिदैन् । नत उनीहरुलाइ फोहोर भएको अनुभुति नै हुन्छ । पिडा त यहाँका बाटोमा हिड्ने बटुवालाइ छ ।

महिले पत्रकारीता गरेको झण्डै  ६ देखि सात वर्ष सम्म पुग्न थाल्यो ।  यो अवधिमा खलंगा  बजार र जुगाडखोलाको बारेमा धेरै बुझ्न पाएँ । नेता ज्युहरु सुन्दर कारमा चडेर आए, दर्जन भन्दा बढि पटक जुगाडखोलामा कञ्चन पानी बग्ने अवस्था सिर्जना गर्ने भने । महँगो होटलमा बसेर मार्सी चामलको भात खाए । सिमिको दाल, स्याउको रक्सी पिए, ओखरको कोसेली लिन भ्याए । मैले यो देखिन्,‘ कसैले पनि जुगाडखोलामा सफा गर्ने योजना ल्याएनन् ।

जुगाडखोला सरसफाइ गर्न सचेतना फैलाउन सकेनन् । मलाइ लाग्छ‘ जुगाडखोलामा पनि कतै राजनिती पसेको त छैन् । त्यही जुगाड खोलाको ५ नम्वर वडा भित्र पर्ने भागमा  गाडी मटर गुड्ने  च्ल्लिो रोड बन्नु , त्यही जुगाड खोलाको  ४ नम्वर वडा पर्ने भागमा फाहोर थन्किनुले  गुडको राजनितिमा परेको अनुभुती हुन्छ ।

जुगाडखोलाको स्वरुप फेर्न र जुम्लालाइ सफा र सुन्दर नगर बनाउन जुम्लामा कार्यरत पत्रकारले निकै खबरदारी गरेकै छन  । कहिले नगरप्रमुखसँग  छलफल चलायौँ, कहिले सरोकारवालाका धारणा बुझ्यौँ, त कहिले स्थानीय प्रशासनको ध्यानाकर्षण गरायौँ, तर न जुगाडखोला सफा भएर बग्न थाल्यो, नत फोहोर फ्याक्ने क्रम रोकियो ।

नगरपालिका नागरिकले असहयोग गरेको बताउँछ । नागरिक नगरपालिका जिम्मेवार हुन नसकेको आरोप लगाउँछन् । फोहोर फ्याक्ने ठाउँ नभएर फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै नगरपालिका पन्छिदै अघि बढेको छ । जुम्लालाई फोहोरबाट मुक्ति कसले दिलाउने रु वडा कार्यालय मौन छन ।

नगरपालिकाको जुगाडखोला बारेमा कुनै योजना छैन् । नागरिक समाज मुकदर्शक बनेको छ । जुगाडखोला फोहोरबाट मुक्ति पाउनुको सट्टा हैजा फैलाउने कारक बनिरहेको छ ।  नगरपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृतदेखि नगरप्रमुख र उपप्रमुख सबै जनप्रतिलिनिधिको स्थायी फोहोर व्यवस्थापन एजेण्डा बन्यो तर, अहिले सम्म यो एजेण्डाले मुर्त रुप पाउन सकेको छैन् ।

चन्दननाथ नगरपालिकामा बढ्दो जनसंख्या र सहरीकरणले फोहोरमैला व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको छ । नगरक्षेत्रको फोहोर व्यवस्थापन गर्नको लागि अझै डंपिंग साइट निर्माण नगरिएकाले पनि समस्या भएको हो ।

चन्दननाथमा दैनिक करिब ४० क्विन्टल भन्दा बढी फोहोर निस्किन्छ । यहाँको फोहोर व्यवस्थापन नहुने हो भने जुम्ला निकै फोहोर र कुरुप जिल्लाका रुपमा स्थापित हुनेछ । अहिले सम्म जुम्लाको पछाडी लागिएका सबै उपमा व्यर्थ हुनेछन् । समयमै सोचौँ, जुगाडखोला सरसफाइमा जुट्न र  सफा, सुग्घर र सुन्दर नगरका रुपमा स्थापित  गर्न आबश्यक छ  ।

(लेखक, शाही नेपाल पत्रकार महासंघ जुम्ला शाखाको उपाध्यक्ष हुन्  ।)

सम्बन्धित समाचार