हिमाको छोटा खर्कमा आगलागी २५ भेडाका पाठा जलेर नष्ट

खलंगा ः हिमा गाउँपालिकाको भेडागोठालाको खर्कमा आगलागी भएको छ हिमा गाउँपालिका वडा नम्बर २ को लेकमा रहेको खर्कमा आगलागी हुदा । हुदा दुई दर्जन बढि भेडाका पाठा जलेर नष्ट भएका हुन ।
खर्कमा रहेका २५ भेडाका पाठा जलेर नष्ट भएको किसान विरबहादुर शाहीले बताए उनले भने दिउसो खर्कमा कोही नभएको समयमा आगलागी हुदा खर्क पुरै जलेर नष्ट हुनुका साथै भेडाका पाठा, २० वटा भन्दा बढि राडी कम्बल अन्य लगाउने र विछ्याउने लत्ता कपडा लगायत सबै समान जलेर नष्ट भएका छन् ।
भेडापालक किसान दत्तबहादुर शाहीका ३, धनबहादुर रोकायाका ३ सहित १२ जना किसानका २५ भेडाका पाठा जलेर मरेको मरेको बतए । भेडा किसानले क्षेति भएको विवरण बड्की प्रहरी चौकीलाई जानकारी गराएका शिक्षक खम्वा शाहीेले बताए ।
करिब ४ हजार मिटर उचाईमा रहेको खर्कनै जलेर नष्ट भएपछि ओत लाग्ने स्थान नहुदा आगो वालेर राति कट्टा गरिएको किसानहरुले बताएका छन् । जुम्लामा चिसो बढि सकेको अवस्थामा सामुहिक खर्क जलेर नष्ट भएपछि भेडा किसान चिन्तित भएका छन।

 

 

सम्बन्धित समाचार