कर्णालीको पहिलो महिला सीडीयो बञ्जाडेको कथा

हिंसाविरुद्ध लाग्ने बञ्जाडेलाई ‘छाउ सीडीयो’ भनियो !

खलंगा : २०७५ फागुन महिनामा जुम्ला जिल्लाको सीडीयो फेरबदल भयो ।  जुम्लाका तत्कालिन सीडीयो विष्णु पौडेलको सरुवा भएपछि जुम्लामा ‘को सीडीयो आउने, कस्तो सीडीयो’ उत्सुकता नै थियो । जुम्लामा आउने सीडियोको  सूचीमा दुर्गा बञ्जाडेको नाम पनि भेटियो । उनी जुम्ला मात्रै होइन, कर्णालीकै पहिलो महिला सीडीयोका बनेर आउँदै थिइन्  ।

कर्णालीकै पहिलो महिला सीडियो बञ्जाडेले २०७५ फागुनतिर जिम्मेवारी सम्हालिन्  । कुनै तहमा महिलाको राम्रो पहुँच नभएकै कारण जुम्लामा महिला सीडीयो आउने खबर पाएपछि निकै चर्चाको विषय बन्न पुग्यो  ।

यसअघि जुम्लामा थुप्रै सीडीयो आए तर, बञ्जाडे जस्तो चर्चा कसैले पाएनन ।बञ्जाडे कर्णालीको पहिलो महिला सीडीयोसँगै जुम्लामा आउन ४७ औं सीडीयोमा थिइन्  ।‘तत्कालिन जिल्लामा महिला सीडीयो आउँदै छन्, शान्ति सुरक्षा कस्तो हुने ? अन्य समन्वय सहकार्य कस्तो हुने ? चासोको विषय नै थियो ।

हिंसाविरुद्ध बञ्जाडे !

जुम्लामा देखावटी रुपमा महिला अधिकारका सवाल उठाउने तर, भित्रभित्रै महिलामाथि हिंसाका गतिविधि गर्नेलाई त ज्वरो नै आइसकेको थियो । महिलाको रुपमा गणना भएकी सीडीयो बञ्जाडेले जुम्लामा रहदा निकै राम्रा काम गरेर देखाएकी थिइन्  । उनले प्रशासनदेखि सुधारसँगै सामाजिक रुपान्तरणमा पनि जोड उत्तिकै थियो । यस्तो  हिंसामा मामलामा त्यस अघि आएका ४६औं पनि काम गर्न सकेका थिएनन । जति, बञ्जाडेले गरिन्  ।

सीडीयो बञ्जाडे पुगेपछि पहिलो पटक जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई आफ्नो कामले खुसी पार्न सफल भइन्   । उनले विशेषतय महिलाका लागि स्तनपान कक्षको व्यवस्था गरिन्  । साथै महिलामैत्री शौचालय बनाइन् । अपांगमैत्री सेवा सञ्चालन गरिन् । बालबिवाहविरुद्धका मुद्दालाई पहिलो प्राथमिकतामा राखिन् ।

जुम्लाका ४६ सरकारी कार्यालयबाट एकै पटक नागरिक सुनुवाइ कार्यक्रम भयो  समाजमा जरागाडेर बसेको छाउपडिविरुद्धको महायज्ञ भयो । प्रत्येक स्थानीय तहमा छाउपडी दुत तोकिए । त्यति मात्रै नभइ जिल्लाका विभिन्न ठाउँमा हेलिप्याडको निर्माण गरियो  । बस्ती बस्तीमा पुगेर घुम्ती शिविरमा चलाइएको थियो ।

वञ्जाडे लागुऔषध ओसारपसार तथा सेवनका २३ मुद्दा दर्ता गरेर कानुनी दायरामा ल्याउन सफल भइन्  । बैंकिङ कसुरको अपराधी पक्राउ गरी ४६ लाख रुपैयाँ असुल उपर गर्न सक्षम भइन् । प्रहरी साझेदारी कार्यक्रममार्फत उनकै सक्रियतामा एक सय ६५ वटा विद्यालयमा विभिन्न सचेतनाका कार्यक्रम गरिएको थियो । नागरिक सहायता कक्षा स्थापना, प्रशासनमा सेवा लिन आउने गर्भवती र नवजात शिशु भएको आमाका लागि आरामदायी स्तनपान कक्षको व्यवस्था  गरियो ।

पहिलो पटक खस भाषामा अडियो नागरिक बडापत्र बन्यो । प्रत्येक कार्यालयमा सुचना अधिकारी तोकिए । जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुका लागि भेटघाट कक्षको भयो । उजुरी पेटिका राखेर गुनासो सम्बोधन गर्ने परिपाटीको विकास सीडीयो बञ्जाडेकै पालामा भएको जुम्ली जनताले स्वीकार गरेका छन्  ।

नेपालकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट हराएको मुख्य मूर्ति पनि सीडीयो बञ्जाडेकै पालामा भेटियो । लागुऔषध ओसारपसारका लागि घरघरमा छापा मार्न थालेपछि तत्कालिन बारीमा हराएको मुर्ती फेला परेको थियो । प्रायः जुम्लामा आउने सीडीयो हिउँदको महिना जुम्लामा बस्ने गर्दैनन । उनी माइनस ८ डिग्री चिसोमा पनि बसेकी सीडीयो हुन्  बञ्जाडे । जुम्ली जनताले सम्झने कार्य गरिन्  सीडीयो बञ्जाडेले ।

अन्ततः उदाहरणीय सीडीयो बनिन्  ।  उनी भन्ने गर्दथिन्, ‘काम गर्न बजेट मात्र भएर हुदैन । इच्छाशक्ति भएको खण्डमा जस्तो सुकै कठिन काम पनि गर्न सकिन्छ, भन्ने मान्यता स्थापित गर्न जरुरी छ । ’  ‘अहिले छाउपडी (महिनावारी) भएको खण्डमा देविदेवताको मन्दिर छुन हुँदैन । देवता रिसाउँछन्’ भन्ने मान्यता राखेका जुम्लीबासीलाई धामी झाँक्रीको भेला गरिन्  ।

उनीहरुलाई समेत पाठ सिकाइन । पछि तीनै धामी झाँक्रीले बञ्जाडेलाई साथ दिए । साथमा सरकारी तथा गैरसरकारी कार्यालय, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी,सामाजिक अगुवा, शिक्षक, विद्यार्थी लगायत सर्वसाधारण सबैले साथ दिए । विशेषगरी  उनको सेवा  कार्यालयमा भन्दा पनि  पिछडिएका समुदाय, दलित, अशिक्षित र गरिबीको चपेटामा परेका महिलाहरू बस्ती बस्तीमा बढी उनको प्रभाव छ ।

छाउपडी सीडीयो भनियो 

बञ्जाडेलाई कयौंले छाउपडी सीडीयो भनिएको घटनाहरु छन्  । उनले छाउपडीविरुद्धको अभियान चलाउँदा समाजका सामन्तहरुले ‘छाउपडी सीडीयो’ भन्ने गरेका उदाहरण ताजै छन्  । सीडीयो बञ्जाडे कर्णालीमा रहेको छाउपडी प्रथाकाविरुद्ध कठोर बनिन् ।

साथै जुम्लाको आर्थिक, सामाजिक, सांस्कृतिक पक्षका बारेमा जानकारी हाँसिल गरेर त्यहीं अनुकूलको योजना बनाएर कार्यान्वयन गर्न थानिन्  । यसकारण जुम्लाको लोकप्रिय सीडीयो बन्न पुगेकी हुन्  । जुम्ली महिलाको मन मनमा रहन पुगेकी हुन्  ।  उनलाई जुम्लाले सधैं सम्झिरहेको छ, रहने छ ।  उनको कार्यकाल १५ महिना रह्यो । दर्गा नाम जस्तै जुम्ली महिलाको अभिभावक बनेकी बञ्जाडेले  पुरुषलाई गतिलो उदाहरण बनेकी हुन्  ।

सम्बन्धित समाचार