‘युवा पत्रकारिता पुरस्कार’बाट देवकोटा सम्मानित

जुम्ला ःजुम्लाका पत्रकार एलपी देवकोटा युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । कान्तिपुर दैनिक र टेलिभिजनमा कार्यरत देवकोटाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रेस काउन्सिलले प्रदान गरेको युवा पत्रकारिता पुरस्कार ग्रहण गरेका हुन् ।

नेपाल पत्रकार महासंघ जुम्लाका सल्लाहकार एवं नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य देवकोटा दशकौदेखि जुम्लाबाट पत्रकारिता गर्छन । १५ हजार रुपैयाँ राशीको युवा पत्रकारिता पुरस्कार देवकोटासँगै अरु १४ जना पत्रकारले पनि ग्रहण गरेका छन् ।