जुम्लामा भुस्या कुकुरको विगविगी, नियन्त्रण गर्न स्थानियको माग

जुम्लः जुम्लाको मुकाम खलंगा अर्थात चन्दनानाथ नगरपालिकामा भुस्या कुकुरको विगविगी बढेको छ । भुस्या कुकुर टोकेर पशुचौपाया देखि मानिसलाई समेत क्षेति पु¥याउने गरेका छन् । रेडियो खुला आकाशमा कार्यरत पत्रकार पञ्चकली बुढा यसै साता बेलुका ८ बजे रेडियोबाट निस्केर कोठमा जाने क्रममा १०÷१५ वटा भुस्या कुकुरले आक्रमण गर्दा घाइते बनाए । उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।
यहाँका चोक गल्लीमा २५÷३० भुस्या कुकुर बथान छन् । रेविज विरुद्धको खोप नलगाएको कुकुर धेरै छन् । यही नगरपालिकाको ३ र ४को देउलादेउली, दुनीखोला र धिमिचौरमा चरन क्षेत्रमा रहेका साउन भदौँ महिनामा १५ वटा पशुचौपाया मारेका छन् । लगीएका गाईबस्तुका लाई भुस्याकुकुरले मारेका छन् । साउन र भदौ भित्र करिब ८ देखि १० वटा भुस्याहा कुकुरले १५ बढी पशु मारेका छन् ।
भुस्या कुकुर नियन्त्रण तथा रेविज विरुद्धको खोप लगाउने विषयमा सरोकारवाला निकाय, , नगरपालिकाको पशू सेवा शाखा हो । चासो देखिएको पाइदैन । जुम्लामा करिव १९ हजार घरधुरीमा ७ हजार बढी कुकुर पालिएका छन् भन्ने तथ्यांक रहेको छ । यस मध्ये २० प्रतिशत छाडा भुस्या कुकुर रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।
चन्दननाथ नगरपालिका,पशु शाखा,जुम्ला भन्छ यो एक्लै प्रयासले भुस्या कुकुर नियन्त्रण गर्न सम्भव छैन । यसमा सवै सरोकारवालाको उत्तिकै जिम्मेवारी र हात रहेको छ । अहिले पशु अधिकारको पनि कुरा उठिरहेको अवस्थामा सिधै मार्न पनि सकिने अवस्था छैन ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्ला प्रमुख गोविन्द महतले भुस्या कुकुर बढेको बताए । उनले यसबाट रोग फैलिने पनि सम्भावना रहेको सरोकारवाला निकायको समन्वयमा स्थानीय तहका पशु सेवा शाखाले नियन्त्रण तथा रेविज विरुद्धको खोप लगाउन अगुवाई गर्नुपर्छ ।
त्यस्तै जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी, नन्दराम चौलागाईले छाडा भुस्या कुकुरको संख्या दिनप्रतिदिन बढेको बताए ।उनले भने यिनले क्षति पनि गरेका छन् । संघीयता पछि भुस्या कुकुर नियन्त्रणको लागी अधिकार स्थानीय तहलाई दिएको छ । नियन्त्रण अगुवाई स्थानीय तह नै गर्नु पर्दछ ।यसमा प्रशासन लगायत सरोकारवाला निकायको साथ सहयोग रहने बताए ।