राज्यलाई कर तिर्न आएका जन्ताले सास्ती पाउनु हुदैन ः निबर्तमान मन्त्री भण्डारी

जुम्ला ः कर्णाली प्रदेशका निबर्तमान अन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले राज्यलाई कर तिर्न आएका जनताले सास्ती पाउनु नहुने बताए । उनले भने कुनै पनि नागरिकको जीवनसँग जोडिएको विषय जमिन हो। जमिनसँग प्रत्यक्ष जोडिएको कार्यालय भनेकै नापी र मालपोत कार्यालय हुन्। त्यही जग्गाको कारोबार गर्न टाढा–टाढाबाट आएका नागरिक एक महिनौ दिन सम्म बस्नु पर्ने अबस्था आउनु भनेको बिडम्बनानै हो । उनले ,जुम्लाको मालपोतमा काम गर्न लामबद्ध रुपमा कुरेको जन्ताको गुनासोलाइ सम्बोधन गर्नका लागी सबै निकायलाई अनुरोध गरे ।
मालपोतमा सेवा लिने आउने नागरिकलाइ सास्ती पाएको प्र्रति आफ्नो ध्यानकर्षण भएको बताए । सिंहदरबार गाउँ–गाउँमा आयोएको नागरिकलाई सहज सेवा दिनका लागी हो ,झन सास्ती दिन होइन । राज्यलाई कर तिर्नआएका नागरिकले छिटो छरितो सेवा पाउनु पर्छ । माननिय भण्डारीले जुम्ला सदमुकाम क्षेत्रदेखि पश्चिम सिंगाचौरमा अवस्थित मालपोत कार्यालयलाई तत्काल के कारणले नागरिकले सास्ती पाएका छन , भन्ने बिषयमा लिखित रुपमै दिन निर्देशन दिए । उनले भने मालपोत कार्यालयले सेवा दिदा चाहिने आबश्यक कागजातका लागी सबै स्थानियतहमा जानकारी दिन अनुरोध गरे । उनले जुम्लाका सेवा प्रदायिक सबै निकायलाई नागरिकलाई आफ्नो कार्यालयबाट दिइने सेवामा सहजता ल्याउनका लागी सार्वजानिक सुचना प्रभाहा गर्न अनुरोध गरे । उनले जुम्ला मालपोतकोको सेवा सहज बनाउन आफ्ना पालिकामा कर्मचारीको ब्यवस्था गर्न समेत निदेशर्न दिए । मालपोत कार्यालय भन्छ नेट राम्रोसँग चल्दैन कर्मचारी भन्छन्,मालपोतमा उठेको रजश्व ६० प्रतिशत सम्बन्धीत स्थानिय तहमा जान्छ ,बाकी ४० प्रतिशत कर्णाली प्रदेशमा जान्छ । एक कित्ता जग्गाको कारोबारो गर्न आउने नागरिकलाई हप्तौ दिन लाग्ने बाध्यता अन्त्य गर्न अबश्यक रहेको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । यस्तो सास्ती नागरिकले अझै कतिदिन सम्म पाउने हुन थाहा छैन।
दैनिक ४०–५० जना सेवाग्राहीको भिड
जुम्लाको मालपोत कार्यालयमा दैनिक ४०–५० जना सेवाग्राहीको भिड लाग्ने गरेको छ। तर, दिनमा मुस्किलले ५जनाले मात्र सेवा पाउने गरेका छन्। सरकारले २०७६ कार्तिक १७ गतेमा मालपोत कार्यालय जुम्लालाई अनलाइन सेवामा ल्याएपछि यस्तो समस्या हुने गरेको मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्र रोकायाले बताए । नेपाल सरकार मालपोत विभागको लक्ष्यअनुसार अनलाइन प्रणालीबाट गएको वर्षबाट काम गर्न थालेपछि सेवा दिन ढिलासुस्ती हुने गरेको छ। उनले भने ,विभागले मालपोतका सबै कामकाज अनलाइन प्रणालीबाट सुचारु गरे पनि दक्ष जनशिक्तको अभाव छ। (कम्प्युटर अपरेटर) अभाव भएकोले पनि यस्तो समस्या भएको छ । अर्कातिर कम्प्युटर अपरेटरले गर्ने काम हामी कर्मचारीलाई गारो छ। कम्प्युटर अपरेटरले नभएका कारण पनि मालपोतको कामकाजमा ढिलासुस्ती हुने गरेको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।जमिज सम्बन्धीको सबै काम हुने एकमात्रै मालपोत कार्यालय भएकाले कमतीमा पनी ६ वटा कम्प्युटर अपरेटरले र आबश्यक कम्प्युटर अपडेटरको ब्यवस्था गर्नु पर्ने मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्र रोकायाले बताए ।
जनशक्तिकमी
कम्प्युटर अपरेटरले नभएका कारण पनि मालपोतको कामकाजमा ढिलासुस्ती हुने गरेको मालपोत कार्यालय जुम्लाका कार्यबाहक प्रमुख नरेन्दश् रोकाया बताउछन ।
विभागले मालपोतका सवै कामकाज अनलाइन प्रणालीबाट सुचारु गरेपनि दक्ष जनशिक्तको अभाव छ । (कम्प्यूटर अपरेटर) अभाव भएकोले पनि यस्तो समस्या भएको निमित्त कार्यालय प्रमुख रोकायाले बताए । उनले भने दैनिक जग्गा कारोबार गर्नेको कार्यालयमा भिड लाग्छ । कार्यसम्पादन गर्ने कम्प्यूटर अपरेटर करारमा एक जना मात्रै छन् । ६ दुई जना कम्प्यूटर अपरेटर थप भई आएपछि सेवाग्राहीको काम छिटोछरितो हुने अवस्था देखिन्छ । बुधबार निबर्तमान अन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी संगको कार्यालय प्रमुख हरुको बैठक भने ।
कार्यालयमा पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवा र टोकन प्रणालीबाट सेवा दिने गरेका छौ । उनले एकदिनमा कति जानलाई सेवा दिनसकिन्छ । त्यसको सूचि पनि प्रकाशन गरेर सेवाग्राहीलाई सेवा लिन सहज हुने काम गछौँ । त्यस्तै मालपोत अपाएक पर्ने ठाउमा भएकाले पनी साधन हुने हरुका लागि सजिलै छ भने , तर साधन नहुने वृद्ध वृद्धाहरुका लागि हिंडेर त्यहा पुग्नै मुश्किल छ ।

सम्बन्धित समाचार