नगरपालिकाले बनाएको ‘भैँसी गोठ’ एक वर्ष नपुग्दै जीर्ण बन्दै


जुम्ला ः जुम्लाको चन्दननाथ नगरपालिकाकाले निर्माण गरेको ‘भैंसी गोठ’ जीर्ण बन्दै गएको छ । नगरपालिकाको वडा नम्बर ४ स्यापीकाँधमा साढे चार लाखको लागतमा निर्माण गरिएको ‘भैंसी गोठ’ जीर्ण बन्दै गएको हो ।०७७ मंसिरमा बनेको ‘भैंसी गोठ’ भत्किएने अवस्थामा पुगेको हो । स्यापीकाँधमा गाई भैंसी चराउने उपयुक्त ठाउँका रुपमा लिइन्छ । वर्खाको समय पशु पाल्ने क्षेत्र हो । पशु पाल्ने गोठालालाई बस्नका लागि नगरपालिकाले उक्त भैंसी गोठ बनाएको थियो । बनाएको केही महिनामै जीर्ण बन्दै गएको छ ।
स्थानीय खगेन्द्र चौलागाइ, ‘भैँसी गोठ स–साना भैँसीका पाडा र गाईका बाछोबाछीलाई ओत लगाउन बनाइएको हो । यो ४ लाख ५० हजार लागतमा बनाइएको हो ।गोठ माटो र सल्ली पिरल मात्रै हालेर बनाइएको छ । आकाशबाट पानी पर्ने वित्तिकै गोठ चुहिने गरेको छ । हामीले आफै त्रिपाल किनेर बसेका छौं । अब हामीले छोडेपछि गोठ भत्किन्छ’ भन्छन् ।
‘उक्त गोठ मेयर कन्तिका सेजुवालको कार्यक्रम मार्फत निर्माण गरिएको थियो । चन््दननाथ नगरपालिका ४का वडाध्यक्ष जगदिस चौलागाइले, ‘भैसीगोठ निमार्णको योजना नगरस्तर योजना भएकाले कामको प्रभावकारी विषयमा हामीलाई थाहा छैन । आफ्नो वडाको योजना भएकाले भैँसी गोठ एक वर्ष नपुग्दै जीर्ण अवस्थामा पुगेको छ । यस वियमा नगरपालिकासँग बुझ्ने छु । सरकारी बजेट हचुवाकै भरमा जनप्रतिनिधिका आफन्तलाई दिइने चलनले यस्ता योजनाहरु छिट्टै जीर्ण बन्दै गएको छन् ।